पथरी, बैशाख १४ गते । पथरीशनिश्चरे नगरपालीका कार्यलयका कार्यकारी अधिकृत महेन्द्र खाम्यहाङलाई पथरीबासीले बिदाई गरेको छ । अधिकृत खाम्यहाङलाई नेपाल सरकारले उपसचिबमा बढुवा र सामन्य प्रसासन मन्त्रलय काठमाण्डौमा सरुवा गरे पछि नेपाल पत्रकार महासंघ मोरङ सम्र्पक कार्यलय पथरीशनिश्चरे, पथरी शनिश्चरे उद्योग बाणिज्य, पथरी जेसिज लगायत आधा दर्जन संघ संस्थाले बिदाई गरेको हो । नेपाल पत्रकार महासंघ मोरङका सहसचिब मोहन भटटराईले कार्यकारी अधिकृत खाम्यहाङलाई प्रशंसापत्रले सम्मान गर्दै आउने दिनमा पनि निस्वार्थ रुपमा काम गरि जनताको लागी न्यागत कार्य गर्न सुझाए ।

भारतिय सेनाको जागिर छोडे २०५१ सालमा नायब सुब्बा पद्मा नाम निकालेर सेवा सुरु गरेका अधिकृत खाम्यहाङ २०६९ सालमा शाखा अधिकृत हुदै यसै बर्ष उपसचिबमा बढुवा भएका हुन । बिदाई कार्यक्रममा आफुलाई पथरीशनिश्चरेका जनताले सम्मानित ढंगले बिदाई गरेको भन्दै आभार ब्यक्त गरेका थिए । तपाईहरुले मलाई सम्मानका साथ बिदाई गर्नु भयो, म यो सम्मानलाई सिरोपर गर्दै नेपाली जनताको सेवा गर्नेछु र म जनतालाई सरल सबल हिसाबले काम गर्दै अगाडी बढ्र्दै भ्रष्टचार रहित कर्मचारी निर्माणको पक्षमा लग्नेछु अधिकृत खाम्यहाङ यो प्रेरणा आफुलाई पथरीशनिश्चरे नगरका जनताले ऋणि बनाएको बताए ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen