पथरी, बैशाख ९ गते । मोरङको पथरीशनिश्चरे नगरपालिका–८, स्थित नयाँ मंगलबारे बजारमा बुधबारबाट साप्ताहिकरुपमा बजार सञ्चालनमा ल्याएका छन् । बजारको आज पथरीशनिश्चरे नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याङले उद्घाटन समेत गर्नुभयो । बजार उद्घाटन कार्यक्रमसँगै एक विशेष साँगितीक कार्यक्रमको समेत आयोजना गरिएको थियो । यस क्षेत्रकै सवैभन्दा पुरानो बजारको रुपमा रहेको सो बजार विगत लामो समयदेखि बन्द भएको थियो । बजार उद्घाटन कार्यक्रममा गायक गंगा बरदान, समिर विक, दीपक बराइली लगायतका गायकहरुले आफ्नो गीत प्रस्तुत गरेका थिए । यस्तै विभिन्न विद्यालय र संघ संस्थाबाट समेत नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्थानीय राजनीतिक दल एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा बजार उद्घाटन गरिएको स्थानीय बजार व्यवस्थापन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen