सनम रोक्का/पथरीशनिश्चरे 

पथरीशनिश्चरे नगरपालिका-१ मा स्थापित पथरी बहुमुखी क्याम्पसका नवआगन्तुक प्रथम बर्षका बिद्यार्थीहरुलाई क्याम्पस परिवार र स्वतन्त्र विद्यार्थी युनियनले सयुक्तरुपमा स्वागत तथा सास्कृतिक कार्यक्रमको आयोजनागरि सम्पन्न गरेको छ।
नवआगन्तुक विद्यार्थीहरुलाई प्रमुख अतिथी प्रदेश न:१ का माननीय सासद शेखर चन्द्र थापा,क्याम्पस प्रमुख चेतन पौडेल,स्ववियु अध्यक्ष गिरिशकुमार सावाँ,विशिष्ट अतिथी नगरप्रमुख दिलिपकुमार राई लगायतले फुलको गुच्छा अबिर लगाई खदा सहित स्वागत गरेका थिए।

औपचारिक कार्यक्रमको संचालन स्ववियु सचीव रोशन पराजुलीले गरेका थिए।कार्यक्रममा स्ववियु सदस्य केशर राई,क्याम्पस प्रमुख चेतन पौडेल,नगरप्रमुख दिलिपकुमार राई साथै प्रदेश सासद शेखरचन्द्र थापाले स्वागत मन्तव्य राखेका थिए।स्वागत मन्तव्यको क्रममा क्याम्पस प्रमुखले क्याम्पसको प्रबिधीयुक्त शिक्षाको बारेमा र बिद्यार्थीहरुको आगामी दिनका उज्ज्वल भविष्यको समेत शुभकामना दिनुभयो।नगरप्रमुख दिलिपकुमार राईले नव बिद्यार्थीलाई स्वागत गर्दै क्याम्पसको भविष्य र बर्तमानका कुराहरुको बारेमा ब्याख्या गरेका थिए त्यस्तै प्रदेश-१ सासद शेखरचन्द्र थापाले आफ्नो ब्यक्तिगत जिवनको सघर्ष साथै विद्यार्थीले सफलहुनको लागि गर्नुपर्ने काम र कर्तव्यहरुको बारेमा बताउनुभयो।
र, अनौपचारिक कार्यक्रमको संचालन विद्यार्थी एलिना दियालीले गरेको थिईन जसमा सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए।गायन,नृत्य, गजल,कविता साथै अन्य धेरै प्रस्तुतिहरु क्याम्पसका धेरै बिधाथीहरुले गरेका थिए।


कार्यक्रमको अन्तयमा स्वबियु अध्यक्षले बिद्यार्थीको हकहित को लागि सधै लागिपर्ने र स्वबियुले आगामी दिनमा गर्ने कामकारबाही जानकारी गराउदै कार्यक्रमको समापन गरेका थिए।
कार्यक्रमको समापनसगसगै सबै बर्षका बिद्यार्थीहरुले सयुक्त नृत्य प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen