पथरी
आधुनिक निर्माण क्षेत्रमा सबैको रोजाईमा परिरहेको इन्टरलक ब्लकहरुको उत्पादन मोरङ्गको पथरीशनिश्चरेमा शुरु भएको छ।
मोरङको पथरीशनिश्चरे—९ मा स्थापित आरभी ड्रिमल्याण्ड कन्सट्रक्सन कम्पनी प्रा.लि.ले कंक्रीट उद्योग स्थापना गरि नगरमा निर्माण सामाग्री उत्पादन सुरु गरेको हो ।

उद्योगले सीमेन्ट, गिटी, बालुवा लगायतबाट इन्टरलक इटा, टायल, कर्भ स्टोन, ह्युम पाइप, विद्युतीय पोल, स्लाब, रेलिङ, गमला, रिङ लगायतको सामाग्री उत्पादन सुरु गरेको हो ।
उद्योगको संचालन युवा व्यवसायी हेमन्त विष्ट र दीपक कार्कीले गरेका हुन।


शनिश्चरे बजार उत्तरमा ६ कठ्ठा जग्गामा ३५ लाख रुपैयाँको स लगानीबाट कम्पनीले उत्पादन थालेको व्यवसायी हेमन्त विष्टले बताए । उद्योगको सोमबार पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले मेसिन चलाएर उद्घाटन गरेका थिए ।

उद्योगले विभिन्न आकार र रंगको टायलहरु, रेलिङ, कभर स्टोन उत्पादन गर्ने विष्टले जानकारी दिए । नगरका उद्योग स्थापना भएपछि स्थानीय उपभोक्ताहरुलाई चाँडो र सुपथ मूल्यमा निर्माण सामग्री उपलब्ध हुने भएपछी स्थानिय समेत उत्साहित बनेका छन ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen