३० कार्तिक २०७६, शनिबार

विवेक न्यौपाने पथरी

कामना सेवा विकास बैंकले १३ वार्षिकोत्सब उत्सब मनाएको छ।

 

काठमाडौंमा केन्द्रिय कार्यालय रहि देशैभर १०० भन्दा बढि शाखाहरु मार्फत आधुनिक बैंकिङ सुविधा प्रदान गरिरहेको राष्ट्रिय स्तरको विकास बैंक कामना सेवा विकास बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा देशैभर विभिन्न कार्यक्रम गर्ने क्रममा आज मोरङ्गको मधुमल्लामा बजार सरसफाई र वृक्षारोपण सम्बन्धी सचेतनात्मक र्‍यालीसहित वृक्षारोपण कार्यक्रम गरेको छ।

सो कार्यक्रममा २ सय बढी विरुवाहरु नुनसरि सामुदायिक बन क्षेत्रको खाली स्थानमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। आज सम्पन्न कार्यक्रम कामना सेवा विकास बैंक प्रदेश नम्बर १ को संयोजनमा सम्पन्न भएको हो। वार्षिकोत्सबको अवसरमा आज आयोजित कार्यक्रमा प्रदेश नं. १ मा रहेको मधुमल्ला बजारमा बैैंकका प्रदेश १ भरिका शाखा कार्यालयमा कार्यरत कर्मचारीहरु, इलाका प्रहरी कार्यालय मधुमल्ला तथा स्थानियको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा कामना सेवा विकास बैंक प्रदेश–१ का प्रदेश प्रमुख सुजन छाराहाङ राईले बैंकको तर्फबाट बोल्दै पोखरामा रहेको राष्ट्रिय स्तरको विकास बैंक कामना बिकास बैंक र बुटवलमा रहेको क्षेत्रिय स्तरको सेवा विकास बैंक एक आपसमा गाभिएर बनेको कामना सेवा विकास बैंकले हाल १०३ वटा शाखा कार्यालय तथा ५० भन्दा बढि एटिएम मार्फत ग्राहकमुखि भई आधुनिक बैंकिङ सुविधा प्रदान गरिरहेको यस विकास बैंकले प्रदेश १ मा १३ वटा शाखा कार्यालय संचालन गरिरहेको र निकट भविष्यमा प्रदेश १ मा मात्र ३ वटा थप शाखा संचालन गरिने जानकारी गराउनुभयो ।

राईले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाज लाई प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरुमा आर्थिक तथा अन्य सहयोग गर्नुपर्ने भएकोले यस अन्तर्गत आजका कार्यक्रम हरु गरेको तथा आउँदा दिनमा प्रदेश–१ मा हरेक महिना कुनै पनि शाखा बाट कम्तिमा एउटा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम गर्ने लक्ष्य रहेको बताउनु भयो । यश अघि वार्षिकोत्सबकै अवसरमा कार्तिक २७ गते बैंकले कारोबार सुरु गरेको तथा औपचारिक उद्घाटन हुन बाँकी रहेका ५२ वटा शाखा कार्यालय तथा केन्द्रिय कार्यालय भवनको एकै साथ डिजिटल उद्घाटन अर्थमन्त्रि डा. युवराज खतिवडाको प्रमुख आतिथ्यता तथा नेपाल राष्ट्र बैंकका का.मु. गर्भनर चिन्तामणी शिवाकोटीको विशिष्ट आतिथ्यतामा गरेको थियो । यसका साथै बैंकले सोही दिन विभिन्न शाखा कार्यालय मार्फत विभिन्न किसिमका सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम गरेको थियो ।

त्यसका साथै फुड फर लाईफ नामक एक संस्थालाई बैंकमा कार्यरत कर्मचारीहरुबाट प्रतिदिन रु.१ संकलन गरि आएको कुल रकम रु.१,१२,०९० रुपैँया हस्तान्तरण गरेको थियो । सोही दिन प्रदेश–१ मा रहेको पाडाँजुगी शाखा मार्फत कमल गाउँपालिका वार्ड नं. ५ लाई पाडाँजुगी चोकमा सि.सि. क्यामरा संचालन गर्नको लागी आर्थिक सहयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen