पथरी, 
तेस्रो डाँगीहाट गोल्डकपको आजको पहिलो सेमिफाइनल खेलमा चार विदेशी खेलाडीको साथमा मैदान उत्रिएको व्वाइज युनियन क्लबले फाइनल यात्रा तय गरेको छ।

चर्च व्वाइज युनाइटेडलाई ४-० को फराकिलो गोल अन्तरले पराजित गर्दै ब्वाइज युनियन क्लवले फाइनल यात्रा पक्का गरेको हो।
खेलको पहिलो हाफको २४ औँ मिनेटमा चर्च ब्वाइज युनाइटेडका खेलाडी विकास थुलुङ राईको उपहार गोल पाएको युनियनले आफ्ना निकैवटा प्रयासलाई पोसको दिशा दिन सकेका थिएनन् । दोस्रो हाफमा निकै आक्रमक रुपमा उत्रिएको युनियनले अन्ततः ४–० को फराकिलो अन्तरले जित निकाल्न सफल भयो ।

खेलको दोस्रो हाफको २८ औँ मिनेटमा बिट्टु तामाङले व्यक्तिगत गोल गर्दै खेल अन्तर दोब्बर बनाए । यस्तै दोस्रो हाफको ३३ र ३७ औँ मिनेटमा बिदेशी खेलाडी मेसोकीले व्यक्तिगत २ गोल गर्दै टिमलाई ४–० को अन्तरमा पु¥याए । खेलको म्यान अफ दी म्याच विदेशी खेलाडी टेम्पी एभनेष्ट घोषित भए ।


चर्च ब्वाइजले आफ्ना निकै प्रयासहरुलाई जाली चुमाउन नसक्दा सेमिफाइनल बाटै बाहिरिन बाध्य भयो ।

मोरङको बेलबारी १० भाउन्ने स्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी खेलमा शुक्रबार दोश्रो सेमिफाइनल खेलमा धरान फुटबल क्लब सुनसरी र आयोजक डाँगीहाट फुटबल क्लब रातो बिच खेल हुने आयोजक डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बुले जानकारी दिए ।

गोल्डकपको बिजेताले नगद ३ लाख १ हजार, उपबिजेताले २ लाख १ हजार ट्रफि, मेडल जित्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडिलाई नगद ३० हजार, बढी गोल गर्नेलाई १५ हजार र वेष्ट गोलकिपर, वेष्ट डिफेन्स, वेष्ट मिडफिल्डर, वेष्ट फर्वाड, वेष्ट कोच, उदयमान खेलाडी प्रत्तेकलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको मेन अफ द म्याचले नगद ५ हजार पाउने छ ।

जम्मा ८ टोलिको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen