पथरी
मोरङ्गको पथरी शनिश्चरेमा आज सोमबार नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सहित विभिन्न केन्द्रिय नेताहरु आउने पुर्व निर्धारित कार्यक्रम भएता पनि कार्यक्रम हुने दिनको पुर्व सन्ध्यामा कार्यक्रम एकाएक स्थगित भएको छ।
जि पि कोइराला अध्ययन केन्द्र मोरङले गर्ने भनिएको बिचार गोष्ठी स्थगित भएको हो । गिरिजा बाबुले देखाएको बाटो र वर्तमान समयमा युवाहरुको भुमिका भन्ने विषयमा जि पी कोइराला अध्ययन केन्द्र मोरङले आज २० गते सोमवार विचार गोष्ठी कार्यक्रम तय गरेको थियो।

कार्यक्रमको सबै तयारी सम्पन्न गरि नेताहरु पनि आउदै गरेको अवस्थामा एक्कासी ५ दिन अघि मृत्यू भएका तरुण क्षेत्रिय उपाध्यक्ष पोषण कुमार मल्लको कारण देखाउदै कार्यक्रम स्थगित भएको बताइएको छ ।
यता नगर सचिव दुर्गा भट्टराईका अनुसार शोकका कारण स्थगित भएको र शोक पछि चाडै कार्यक्रम गर्ने बताइएको छ ।

कार्यक्रमको पुर्व तयारी सकिएको अवस्थामा केही स्थानिय नेताहरुले नै आफू खुशी कार्यक्रम स्थगित भएको सुचना आमन्त्रित वक्ताहरुलाई गराएको कारण आमन्त्रित वक्ताहरुले पुर्वनिर्धारित कार्यक्रमको तालिका परिवर्तन गरेको कारण कार्यक्रम स्थगित गर्नु परेको कार्यक्रम संयोजक तथा जि पि कोइराला अध्ययन केन्द्र मोरङका सभापति सुविन पराजुलीले बताए ।
कार्यक्रममा धनराज गुरुङ र चन्द्र भण्डारीको आफ्नौ जिल्लामा कार्यक्रम भएकाले आउन नभ्याउने जानकारी गराउनु भयो यता गगन थापालाई भने कार्यक्रम स्थगित भएको भनेर झुटो सुचना पुगेको रहेछ, पराजुलीले भने ।

पार्टीको आन्तरीक किचलो, गुट र उप गुटका कारण पथरीमा निर्धारित कार्यक्रम हुन नसकेको आयोजकको भनाई छ। लामो समय सम्म कुनै कार्यक्रम नभएकाले उदाउदा जुझारु युवा नेता तथा जि पि अध्यायन केन्द्र मोरङका सभापति सुविन पराजुली, रोशन पराजुली, गिरिस सावाले नगर कार्यसमितीको समन्वयमा कार्यक्रम तय गरेका थिए । नेकपाले जरो गाडेको ठाउँमा कांग्रेसका शिर्ष नेता शशांक कोइराला, गगन थापा, प्रदिप पौडेल, गुरुराज घिमिरे, बद्रि पाण्डे, जिवन परियार र कुन्दन काफ्ले आउने भएका थिए ।
बिना जानकारी कार्यक्रम स्थगित भए पछि स्थानिय नेतामा खैला बैला मच्चिएको छ । आयोजकले आइतबार दिनको १२ बजे सम्म बजारमा झन्डा गाड्दै आएको तर एक्कासी कसैको स्वार्थका लागि कार्यक्रम स्थगित भएको स्थानीय कार्यकर्ताको बुझाई रहेको छ ।
कार्यक्रमको लागि शशांक कोइरालालाई लिन गएका पार्टी जिल्ला सचिव नागेस कोईराला मार्फत कार्यक्रम स्थगित भएकोे भन्ने कुरा थाहा भएको तर के कति कारणले स्थगित भएको थाहा नभएको अर्का जिल्ला सचिव मोदराज घिमिरेले बताए । तर युवा भाइहरुले गरेको कार्यक्रम पुर्ण तयारी भएको थियो , हामी जिल्लाका सबै सहभागि हुने तयारी थियो ,यसरी स्थगित हुदा पार्टीलाई ठुलो घाटा भएको धिमिरेले बताए ।
कार्यक्रम के कति कारणले रोकिएको भन्ने बिषयमा स्थानिय नेता तथा कार्यकर्ताहरुमा समेत जानकारी छैन । एक कार्यकर्ताले नाम गोप्य राख्ने सर्तमा भने “कार्यक्रमको सबै तयारी पुरा भएको र नेताहरु पनि आउने तयारी भएको थियो केहि नेता हिडी सकेका थिए तर पुर्व महाधिबेशन प्रतिनिधी केशव दुलालले आफुलाई कार्यक्रमका विषयमा सोधि खोजि नगरेको भन्दै आउने नेताहरुलाई रोकेको बुझ्नमा आएको छ ।”
जव स्थानिय स्तरमा कार्यक्रम र चुनावहरु हुने गर्छ तव गाँउ पस्ने गरेका दुलाल आफु निकटकालाई सहयोग गर्ने र मन नपरेका पार्टीकै कार्यकर्तालाई हराउने गरेको स्थानियको आरोप छ ।
यता दुलाल सँग सम्पर्क गर्दा आफुलाई सो कार्यक्रमको विषयमा केहि थाहा नभएको बताए । आफुले कार्यक्रमको बारेमा र बजारमा उठेका नकरात्मक टिपणीको विषयमा पत्रकार मार्फत जानकारी भएको उनको दावी छ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen