पथरी
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको प्रमुख आतिथ्यमा मोरङ्गको पथरी शनिश्चरेमा विचार गोष्ठी आयोजना हुने भएको छ।

जि.पि कोइराला अध्ययन केन्द्रको आयोजनामा सो कार्यक्रम हुने भएको हो । जि.पि कोइराला अध्ययन केन्द्र जिल्ला कार्यसमिति मोरङको आयोजनामा हुने सो कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री मा.डा.शशंक कोइराला सहित अन्य केन्द्रिय सदस्यहरुको आतिथ्यता रहने भएको छ ।

साउन २० गते पथरीको सिन भिलेज पार्टी प्यालेसमा हुने सो कार्यक्रममा कोइरालाका साथै नेपाली काङग्रेसका केन्द्रिय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, बन्द्री पाण्डे, जिवन परियार, गुरुराज घिमिरे, प्रदिप पौडेल, ने.वि.संघ निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले र नेपाली काङग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले मन्तब्य राख्ने बताइएको छ

। ‘गिरिजाबाबुले देखाएको बाटो र वर्तमान समयमा युवाहरुको भुमिका’ विषयक शिर्षकमा हुने विचार गोष्ठि कार्यक्रममा बक्ताहरुले गिरिजाबाबुको योगदानको बारेमा चर्चा परिचर्चा गर्ने आयोजकको तर्क छ

। पथरीशनिश्चरे नगरपालिकामा पार्टीका केन्द्रिय नेताहरु एकैपटक यति ठुलो सङख्यामा उपस्थित हुने यो पहिलो पटक भएको जि.पि कोइराला अध्ययन केन्द्रका जिल्ला अध्यक्ष सुविन पराजुलिले बताए । कार्यक्रममा जिल्लाभरिका करिव २ हजार नेता कार्यकर्ताहरुको उपस्थिति हुने अनुमान गरिएको पराजुलिले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen