पथरीशनिश्चरे, २४ असार

मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा भएका विकास निर्माण सहितका योजना चुस्त र गुणस्तरीय रुपमा सम्पन्न गर्न जोड दिँदै नगर अनुगमन् समितिले २ वटा योजनालाई थप काम गर्न सुझाव दिएको छ । वडा नम्वर २ को विष्णुचोकमा निर्माण भइरहेको ड्रेनको उचाई बढी भएको देखिएपछि ६० फिट ड्रेन भत्काएर पुननिर्माण गर्न लगाइएको नगरपालिका उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाउनु भयो । बुद्धमार्ग अन्तर्गतको नगरपालिकाको २० लाख रकममा ड्रेन निर्माण कार्य भइरहेको छ ।
यसैगरी, पछिल्लो अनुगमनका क्रममा वडा नम्वर ५ मौलिवारीमा रहेको पुलको दायाँ वायाँ लगाएको तारजालीको काम गुणस्तरीय नभएकाले सो काम दोहोर्याएर गुणस्तरीय रुपमा गर्न समितिलाई सुझाव दिइएको छ । नगरको कन्टेजेन्सी बापत जम्मा भएको रकमबाट ४ लाख ५० हजारमा पुल र तारजाली लगाउने योजना हो ।
नगरका प्राविधिक सहितको समितिले पछिल्लो पटक यी २ योजना सहित ७ योजनाको अनुगमन् गरेको छ । वडा नम्वर ७ को मंगलबारे उत्तमचोक हुँदै धिमाल टोल जाने सडकमा १० लाख बजेटमा ३ मिटर लम्वाई र ५ दशमलव ५० मिटर चौडाईको पक्कीपुल निर्माणको अनुगमन् भएको छ । त्यसैगरी, वडा नम्वर १० को शिविर डाँडामा रहेको ओमसिआर जम्बुलिङ बज्रगुम्वाको वाल तथा कोठा निर्माणमा प्रदेश सरकारको ७ लाखको लागतमा सम्पन्न भएको कामको अनुगमन् भएको छ । संघको सांसद विकास कोषमार्फतको ४५ लाख तथा उपभोक्ताहरु समेतबाट ५८ लाख २३ हजारको लागतमा वडा नम्बर २ को बोक्रेचोक दक्षिण कालोपत्रे सडकको पनि उसैगरी अनुगमन् भएको छ । ८ सय मिटर लम्वाई र ५ दशमलव ५० मिटर चौडाईको सडक निर्माण भएको हो ।
टोलीले, वडा नम्बर ५ को सुगावजारमा संघीय सांसद विकास कोषको ३५ लाख तथा स्थानीयले समेत गरी ४० लाख १७ हजार रुपैयाँमा ५ सय ३० मिटर लम्वाई तथा ५ दशमलव ५ मिटर चौडाईको सडकमा कालोपत्रे निर्माणको पनि अनुगमन् गरेको छ ।
राष्ट्पति चुरे कार्यक्रम अन्तर्गत, २५ लाखको लागतमा वडा नम्वर १ को शान्ति भुल्के सिमसार, २ को नागवेली पोखरी सहितका नगरका ४ वटा पोखरी निर्माण कार्यको पनि अनुगमन मुल्यांकन गरिएको छ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen