डम्बर सिन्चिउरी 

असार २३, लेटाङ

सामाजिक विकासको विभिन्न अाकर्षक नाराका साथ समाजमा विभिन्न संघ -संस्था तथा क्लवहरु गठन हुने र विघठनहुने क्रमको अन्त नहुँदै उत्तरी मोरङको लेटाङ नगरपालिका वडा नम्बर पाँचमा “चिसाङ्ग भ्याली” नामक एक क्लव गठन गरिएको घोषणा गरिएको छ। 
          यहि आषाढ २० गते शुक्रबारका दिन लेटाङ्ग बजार स्थित लेटाङ्ग वचत तथा ऋण सहकारी संस्था को सभाहलमा पत्रकार सम्मेलनको अायोजना गरी उक्त घोषणा गरिएको हो ।
             यस लेटाङ्ग क्षेत्रमा रहेका समाजिक  विक्रिती-विसंगति, खेलकुदको क्षेत्रमा युवाहरुको निस्क्रियता, विकास निर्माणमा देखापरेको ढिलासुस्ति, भ्रष्टचार, खुलायाम रुपमा  भैरहेको कालाबजारी लगाएतका क्षेत्रमा नियन्त्रण र नियमनकारी भुमिका निर्वाहा गरी समृद्ध समाज निर्माणको उदेश्यले यो क्लव गठन गरेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञ्यप्तिमा जनाईएको छ । उक्त विज्ञ्यप्ति वाचन गर्दै क्लवका अध्यक्ष उर्गेन तामाङ्ले लेटाङ्ग क्षेत्रमा बढ्दै गरेको लागू अौषध दुर्व्यसनी को न्युनिकरण साथै उक्त दुर्व्यसनि मा फँसेका युवा युवतीहरुलाई विभिन्न सामाजिक क्षेत्रमा पुनःस्थापन गर्न पनि क्लव गठन गर्नु परेको वताएका छन् । यस्ता युवाहरुलाई खेलकुद देखि विभिन्न विकासनिर्माणको क्षेत्रमा सक्रिय गराएर दुर्व्यसन बाट टाढा राखिने उपाय क्लव सँग रहेको क्लवका सदस्य विकल तामाङ्ले वताएकाछन् । उहाँका अनुसार हरेक दुई वर्षमा चेतनामुलक सडक नाटक गर्ने , बजार बाट निक्लने फोहोर मैला को व्यावस्थापन मा सहयोग गर्ने , बालबालिका भित्रका अन्तरनिहित क्षमताको प्रस्फुटन का लागि बाल मैत्री विभिन्न कार्यक्रम वार्षिकरुपमा गर्ने वताईएको छ। यसै गरी क्लवले हरेक वर्ष “साईन्स एण्ड अार्ट एक्स्पो ” , लेटाङ्ग डान्सिङ्ग / सिङ्गिङ स्टार” , विभिन्न सिपमुलक ट्रेनिङ्ग अादि कर्यक्रम गर्ने जनाईएको छ । यसैगरी खेलकुद विकासका लागि वार्षिकरुपमा भलिवल- फुटबल प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता , ब्याटमिन्टन, टेनिस,बेसवल ,म्याराथुन,एथ्लेटिक्स्,तेक्वान्दो अादि खेलकुद प्रतियोगिता गर्ने जनाईएको छ । साथै “लेटाङ्ग मल्टि ईभेन्ट्स एक्स्पो” जस्ता कार्यक्रम को पनि अायोजना गरिने पत्रकार सम्मेलनमा वताईएको छ ।
           विगत केही वर्ष अघि देखि क्लव गठन गर्ने जमर्को गरे पनि हालै मात्र क्लव गठन गर्न सफल भएको वताईएको छ । मोरङ जिल्ला भरिलाई नै सेवा क्षेत्र बनाएको भए पनि विशेष गरी लेटाङ्ग नगरपालिका मात्र क्लवको सेवा क्षेत्र रहनेछ । 
         चार प्रकारको सदस्यता वितरण गरिने कल्वको सदस्यता लिन चहानेहरुले रु १०० तिरेर साधरण सदस्यता लिन सकिने छ । यसका लागि १८ वर्ष पुगेका शेवा क्षेत्र भित्रका नेपाली नागरिकहरुले अावेदन दिन सक्ने छन्। यसैगरी रु ५ सय मा अाजिवन सदस्य वन्न सकिने क्लवले विशेष क्षमता या मान्यता प्राप्त व्यक्तित्वहरुलाई निशुल्क सदस्यता प्रदान गरिनेछ । साथै रु १० हजार तिरेर क्लवको संरक्षक सदस्य वन्न पाईने जनाईएको छ । क्लवको जुन सुकै सदस्य वन्न पनि कसैलाई दवाव दिईने छैन । स्वत:स्फुर्तरुपमा ईच्छाव्यक्त गरेर अाउने कुनै प्रकारको फौजदारी अभयोग नलागेका वा समाजिकरुपमा निस्कलंकित व्यक्तिमात्र क्लवको सदस्य वन्न पाउने साथै यसरी अाउने सदस्यले मात्र क्लवलाई स्थाईत्व दिने छ भन्ने अवधारणा तदर्थ समितिको रहेको वताईएको छ ।
        सदस्यता शुल्कमात्र स्थाई अायश्रोत भएको क्लव ले अायको २०% रकम सामाजिक सेवामा लगाउने जनाईएको छ । यसै गरी अन्य अाय श्रोतको हकमा भने दाताहरुनै मुख्य रहेको जनाईएको छ । हाल तदर्थ समिति मात्र रहेको क्लवको ५० जना साधरण सदस्य पुगे पछि भने अागामि दुई महिना भित्रै साधरण सभा सम्पन्न गरिने वताईएको छ । 
         उक्त पत्रकार सम्मेलनमा प्रमुख आतिथ्यता गर्नु भएका लेटाङ्ग ५ का वडाध्यक्ष भुम सुर्य मगरले क्लवको प्रगतिको  कामना व्यक्त गर्नु भएको थियो । शुभकामना मन्तव्य राख्दै वडाध्यक्ष मगरले कुनै पनि संस्था दर्ता या गठन गर्नु भन्दा पहिले संस्था को उद्धेशय प्रष्ट हुनु पर्ने र यस्तो निर्धारि उदेश्य अनुसारको कार्यमात्र गर्दै जाने हो भने मात्र पनि कहिल्यै संस्था पछि नपर्ने वताउनु भएको छ । क्लवले स्थाईत्व पाएमा क्लव भवन पनि वडानम्वर पाँचमा नै निर्माण गर्ने सोँच रहेको समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen