असार २२, पथरी

मोरङ्गको पथरीमा स्थापित वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालयले २०७५ सालको एसईई परिक्षामा उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ। गत बर्षको एसईई परिक्षामा जिपिए ४ ल्याउन सफल युनिक श्रेष्ठलाई नगद १ लाख रुपैयाँ सहित सम्मान गरेको छ। त्यसैगरी जिपिए ३.९ ल्याउन सफल सजना घिमिरेलाई नगद २५ हजार सहित विद्यालयले सम्मान गरेको छ।
२०७५ सालको एसईई परिक्षामा सम्मिलित विद्यार्थीहरुलाई लक्षित गरि बधाई , विदाइ, शुभकामना एवम् सम्मान कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको हो।
७५ जना सम्मिलित परिक्षामा २० जना विद्यार्थीहरुले जिपिए ३.६ भन्दा माथीको जिपिए प्राप्त गरेको विद्यालयका निर्देशक नवल किशोर खनालले सो कार्यक्रममा जानकारी दिए। प्याव्सन जिल्ला कार्य समिती मोरङ्गका अध्यक्ष अर्जुन बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका अन्तर्गतको शिक्षा शाखाका प्रमुख शालिकराम काफ्ले, नगर प्रबक्ता याम प्रसाद गुराँगाई लगायतको उपस्तिथि रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी बस्नेतले निजि विद्यालयहरुको नतिजा उत्कृष्ट हुँदै जानुले अभिभावकहरुको आकर्षण बढ्दो रहेको बताएका छन।
कार्यक्रममा वोल्दै विद्यालयका निर्देशक खनालले सफल विद्यार्थीहरुको सफलताका लागि शुभकामना व्यक्त गर्दै उज्ज्वल भविस्यको कामना गरेका छन। २०७४ सालको एसईई परिक्षामा पथरी मै स्थापित एभरेष्ट मावीका दुई विद्यार्थीले जिपिए ४ ल्याएको प्रसंग उल्लेख गर्दै वाल्मीकि समेत प्रेरित भएर ४ जिपिए ल्याएको वताउदै आगामी बर्षहरुमा नगरका अन्य विद्यालयका विद्यार्थीहरुले समेत प्रेरणा लिदै सफल बन्नु पर्ने बताएका छन।
शिक्षक- अभिभावक संगठनका अध्यक्ष नेत्र प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्पुर्ण एसईई उतिर्ण विद्यार्थीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको छ। कार्यक्रममा अभिभावकहरुको प्रतिनिधित्व गर्दै शुभकामना मन्तव्य राख्ने क्रममा रोहिणी घिमिरेले एसईई उतिर्ण विद्यार्थीहरुले विभिन्न विकसित मुलुक गएर स्थापित हुने सपना नदेखी देशको लागि आवश्यक जनशक्ति बनी देशको सेवा गर्न तत्पर रहन प्रेरित गरेका छन।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen