विवेक न्यौपाने
२१ असार, पथरी

प्रदेश १ को स्वास्थ जीवन प्रबर्द्धन अभियान मोरङ्गको पथरी शनिश्चरेबाट शुभारम्भ भएको छ। योगा गरौँ, स्वस्थ खानेकुरा खाऔँ, निरन्तर व्यायाम गरौँ, धूम्रपान ,मद्यपान नगरौँ जस्ता नाराहरुलाई आत्मसाथ गर्दै आजबाट सो अभियानको औपचारिक उद्घाटन भएको हो।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको परिकल्पनामा आधारित यश कार्यक्रम प्रदेशका सम्पुर्ण स्थानिय तहमा समेत लागू हुने जनाइएको छ। अभियानको शुभारम्भको अवसरमा प्रमुख अतिथीको रुपमा रहेका सामाजिक विकास मन्त्री जीवन घिमिरेले कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशले स्वस्थ जिवनका लागि कार्यक्रम गरेर पथ प्रदर्शन मात्र गरेको बताउदै यस अभियानलाई अंगालेर अगाडि लादै सफल बनाउने जिम्मा सम्पुर्ण स्थानिय तहको भएको बताएका छन । कार्यक्रममा बोल्दै घिमिरेले हाम्रो जीवन शैलीमा व्यापक परिवर्तन आएको बताउदै स्वास्थ जीवन शैली त्यागेर विलासी जीवन शुरु गर्नुले अस्वस्थ जीवन जिउनु परेको उल्लेख गरे। हामीले दैनिक खाने खाना स्वादका लागि नभै स्वास्थ्यका लागि खानु पर्नेमा जोड दिएका घिमिरेले अस्पताल भान्सा हुँदै गएको अवस्थामा हाम्रो आफ्नै भान्सालाई औषधालय बनाउनु पर्ने टिप्पणी गरे। घरघरमा क्यान्सर लगायतका घातक रोगको आगमन समेत हाम्रै अस्वस्थ भान्सा भएको बताए। अस्पताल बनाउने, डाक्टर पढाउने भन्दा पनि कसरी स्वस्थ्य जीवन शैली सहित जीवन जिउने कुरालाई जोड दिनु पर्ने मन्त्री घिमिरेको तर्क छ।
कार्यक्रममा प्रदेश १ को स्वास्थ जीवन प्रबर्द्धन कार्यक्रमका सद्भावना द्दुत सिताराम कट्टेल धुर्मुशको पनि उपस्थिति रहेको थियो। अभियानको औपचारिक उद्घाटन अघि कट्टेलकै नेतृत्वमा बजार सरसफाईको कार्यक्रम समेत भएको थियो । अभियानका सद्भावना दुत कट्टेलले सर्वप्रथम मानसिक फोहोरलाई सफाई गर्नु पर्ने भन्दै त्यसपश्चात वातावरणिय फोहोर स्वत: हटेर जाने बताए। हास्यकलाकारको रुपमा परिचित धुर्मुसले व्याङ्ग्यत्मक शैलीमा जिल्ला र प्रदेशलाई नै खुला दिशामुक्त बनाउन सवै लाग्नु पर्ने टिप्पणी गरे। बजारिय खानेकुरा ( जंक फुड) लाई आफुबाट टाढै राख्नु पर्ने बताएका कट्टेलले स्वास्थ जीवन सरकारको अभियान नभै सम्पुर्ण नेपालीको अभियान बन्नु पर्नेमा जोड दिए ।
पथरी शनिश्चरेका नगर प्रमुख दिलिप कुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख यमुना बास्तोलाले प्रदेशको यश अभियानको प्रशंसा गर्दै स्थानिय तहले अभियान सार्थक बनाउन कुनै कसर बाकी नराख्ने बताइन। यस्तै कार्यक्रमको संयोजक समेत रहेका नगर प्रमुख राईले नगरको स्वास्थ्य अवस्था सुदृढ गर्न विभिन्न योजना तर्जुमा भएको बताउदै स्वास्थ नगर निर्माण सदैव पहिलो प्राथमिकतामा पर्ने बताए। कार्यक्रममा आयुर्वेद विज्ञानका जानकार तिर्थराज आचार्य, कार्यक्रम निर्देशक भगिराज डोट्टेल, जिल्ला जनस्वास्थ्यका नरेश पोख्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen