असार १९, पथरी

प्रदेश नं. १ को सरसफाई दुतमा चयन हुनु भएका हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जन घिमिरे सुन्तलीको उपस्थितिमा पथरीशनिश्चरेबाट स्वास्थ्य जीवन प्रबर्द्धन अभियान सुरु हुने भएको छ। पथरीशनिश्चरे नगरपालिकाबाट मोरङ जिल्लामा स्वस्थ जीवन प्रबद्र्धन अभियान सुरु हुने भएको हो।
स्वास्थ्य कार्यालय मोरङले आज पथरीशनिश्चरेमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानका विषयमा जानकारी दिएको हो । कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार असार २१ गते पथरीको जनआन्दोलन चोकमा प्रदेशका सामाजिक विकाश मन्त्री जिवन घिमिरेको प्रमुख आतिथ्यतामा अभियानको सुरवात गरिनेछ । अभियान अन्र्तगत भोली असार १९ गतेबाट ५ दिनसम्म योग शिविर समेत सञ्चालन गरिनेछ ।
पथरीशनिश्चरे नगरपालिकाको व्यवस्थापनमा हुने अभियानमा नगरबासी युवा, विद्यार्थी, प्रहरी, सञ्चारकर्मी, कर्मचारी लगायतको उपस्थिति रहने मेयर दिलिपकुमार राईले जानकारी दिनुभयो । म रक्सी चुरोट र सुर्तिजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वास्थ्य र पोषिलो खानेकुरा खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु तथा म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु भन्ने प्रतिबद्धताका बारेमा प्रचार प्रसार गरी अभियान सफल बनाउन स्वास्थ्य कार्यालयका प्रमुख बस्नेतले आग्रह गर्नुभएको छ । 

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen