नमस्ते चिवा जापानले आयोजना गरेको प्रथम चिवाकप फुट्सलको उपाधी ब्लु–रे एफसीले आफ्नो पोल्टामा पारेको छ । 
आइतबार जापानस्थित चिबा केन फुनाबासीको क्लब भिभिटमा भएको खेलमा ब्लु–रे एफसीले नर्थन (केटीएम)लाई जितेको हो । निक्कै नै रोमान्चकपूर्ण फाइनल खेलमा नर्थन (केटीएम)ले धेरै राम्रा अवसरहरु प्राप्त गरेका थिए । तर, सही तरिकाले सदुपयोग गर्न नसक्दा नर्थनले दोस्रो स्थानमै चित्त बुझाउनुप¥यो ।
विजेता टिमले २०२२२२ येन र उपविजेताले १०११११ येन प्राप्त गरेका थिए । यस्तैगरी बेस्ट गोेलकिपर, बेस्ट डिफेन्स, हाइस्कोरर, बेस्ट प्लेयरले पनि ५००० येन र नेपाली कथानक चलचित्र पुरानो बुलेटको टिकट पनि प्राप्त गरेका छन् । बेस्ट गोलकिपर र बेस्ट डिफेन्स नर्थनको खेलाडीले प्राप्त गरे भने बेस्ट प्लेयर र हाईस्कोरर ब्लू–रे का खेलाडीले प्राप्त गरे ।
फाइनल खेलको प्रमुख अतिथि एनआरएन चिवाका उपाध्यक्ष विश्वराज सुवेदी, कोउतोकु कुयाकुस्योेका कार्यालय सहायक सिनोजाकी ओसामुको पनि उपस्थिति रहेको थियो । विजेता र उपविजेता टिमलाई अतिथिहरुले शिल्ड मेडल र प्रमाण पत्र वितरण गरेका थिए । प्रतियोगितामा जम्मा १२ वटा टिमको सहभागिता रहेको खेलमा दुई चरण लिग खेल भएको थियो भने बाँकी नकाउट खेल भएको आयोजक नमस्ते चिवाको उपाध्यक्ष राजेश मैनालीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen