पथरीशनिश्चरे, २७ जेठ

मोरङको पथरीशनिश्चरे क्षेत्रमा यस वर्षपनि डेंगु रोगको संक्रमण देखिएको छ । नगरको ग्रामिण क्षेत्रमा पर्ने वडा नम्वर ४ शान्तिचोकका एकजनामा डेंगु रोग फेला परेको छ ।
डेंगु रोगको महामारी बढ्ने सम्भावना रहेको नगर क्षेत्रमा डेंगु नियन्त्रणका लागि नगरको दैवी प्रकोप तथा महामारी रोग नियन्त्रणको रेपिड सेन्पोन्स टिमले अनुगमन् कार्य अघि बढाएको छ ।
नगर प्रमुख दिलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, रेस्पोन्स टिमका संयोजक एवम् स्वास्थ्य संयोजक मुरारी आचार्य सहितको टोलीले सोमवार पथरीशनिश्चरे ४ को शान्ति चोकका डेंगुबाट प्रभावित ३९ वर्षीय अरुण राईको परिवारलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ । डेंगु प्रभावित राईको विराटनगरको नोवेल अस्पतालमा उपचार भइरहेको छ ।
टोलीले ग्रामिण वस्तीका रुपमा रहेको शान्ति चोक क्षेत्रको सरसफाईको अवस्थाका बारेमा अवलोकन गर्दै सफा पानी जम्ने ठाउँबाट पानी नष्ट गर्न तथा टायर, बट्टाहरुमा पानी जमेको भए पनि उसैगरी नष्ट गर्न सचेत गराएको छ । टा्ेलीले बट्टा, आरीहरुमा जमेको पानी नष्ट समेत गरेको छ ।
टोलीले मंगलबार जिल्ला स्वास्थ्य कार्यालय विराटनगर, नगरका सरोकारवाला संघ संस्था सहितको सहभागितामा वडा नम्वर १ को पथरी बजार क्षेत्रमा अनुगमन् गर्ने भएको स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाए ।
अत्यन्तै घना वस्ती रहेको पथरी बजार क्षेत्रमा टायर, बट्टा सहित सफा पानी जम्मे ठाउँहरु प्रसस्त रहेकाले लगातार डेंगुको संक्रमण देखिदै आएको छ । त्यस्ता ठाउँहरु सरसफाई गर्ने कुरामा स्थानीय स्वयम्को भनें खासै सक्रियता देखिएको छैन । लगातार रुपमा ग्यारेजहरुको टायरमा डेंगुको लार्भा भेटिएको भएपनि टायर हटाउने कुरामा ग्यारेजवालाहरुले अटेरी गरिरहेको देखिन्छ ।
जमेको सफा पानीमा वस्ने र साँझपख सक्रिय हुने एजिप्टाई जातको पोथी लामखुट्टेका टोकाइबाट सर्ने डेंगुले नगरमा गत वर्ष २ जना र त्यसभन्दा अघिल्लो वर्ष पनि २ जना विरामी परेका थिए ।

डेङ्गुको बारेमाः

विश्वमा मच्छडको टोकाइबाट अति नै शीघ्र फैलने भाइरसको सङ्क्रमबाट हुने रोगमध्येको रोग हो डेङ्गु । विश्वभर नै यस रोगको फैलावट भए पनि एशियाको खासगरी भारत र नेपालमा पछिल्लो समयमा यो रोग इण्डेमिक भएर एक समस्याको जड भएको छ । यो रोगबाट ग्रसित भएका क्षेत्रका मानिसहरूको आर्थिक, शारीरिक र मानसिक बोझ हुने गरेका विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनले जनाएको छ । नेपालीहरूको जस्तो आर्थिकस्तर कम भएको समाजमा यो रोगको प्रकोपबाट धेरै प्रभाव पर्ने भएकोले सरकारले समयमा नै समाधान खोज्नु जरुरी छ ।

मानिसको शरीरमा विभिन्न चार प्रकारको रूप धारण गर्न सक्ने डीईएन १–४ (DEN 1-4) एक प्रकारको डेङ्गु (DEN) भाइरसको सङ्क्रमणबाट यो रोग मानिसमा स्थापित हुन्छ । यो रोग मुख्यतः स्त्री जातिका एडिज मच्छडको टोकाइबाट मानिसमा सर्ने गर्दछ । पानी जम्ने ठाउँ, एयर कण्डिसन, फूलका गमला, पुराना टायर, ड्रम, नरिवलका खोस्टा, साना खाल्डाहरूमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भएमा यो रोग फैलने सम्भावना बढी रहन्छ ।

उक्त प्रजातिका मच्छड मुख्यतः सफा पानीमा फैलने भएकोेले फोहोर नालीहरू भएका ठाउँहरूभन्दा घर र घरआसपासका पानी जम्ने पुराना भाँडाकुँडामा बस्ने मच्छडहरूबाट यो रोग फैलने सम्भावना भएकोले मानिसलाई नै यो रोग फैलनुको बढी जिम्मेवार मानिएको छ । तसर्थ आफ्नो घर सफाइ गर्नु र घरमा पानी जम्ने ठाउँ हटाउनु नै यो रोगको उचित रोकथामको उपाय हो । साथै मच्छडको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने वा मच्छड धुप वा क्रिम प्रयोग गर्नु पनि उत्तिकै आवश्यक छ ।

शुरुमा बिरामीहरूमा सामान्य ज्वरो आउने, जिउ एवम् हात दुख्ने, जोर्नीहरू दुख्ने, टाउको दुख्ने, रिङटा लाग्ने, वान्ता आउने र आलश्यता हुने जस्ता लक्षणहरू देखिन्छ । रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाने र रक्तचाप कम हुने पनि हुन्छ । शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुहरूमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप निकै कम हुने र शरीरमा आवश्यक रगतको अभावमा बिरामी सिकिस्त भई मृत्युसम्म हुनसक्ने भएकोले बेलैमा उपचार गराउनु र चिकित्सकको निगरानीमा मात्र उपचार गराउनु बुद्धिमानी हुनेछ ।

सामान्य ज्वरो वा भाइरल ज्वरो भए पनि सामान्यरूपमा नलिन र समयमै अस्पताल जानु उचित हुनेछ । यो रोग लागिहाल्यो भनेर अत्तिने र त्रासमा बस्ने पनि गर्नु हुँदैन । किनकी अधिकांश रोगीहरू सामान्य उपचारपछि घर फर्कन सक्नेछन् । ५ प्रतिशत बिरामीमा मात्र यो रोग विकराल रूपमा आउने गर्दछ, जसको सघन उपचार आवश्यक हुन्छ ।

अस्पतालमा गरिने परीक्षणका साथ–साथै बिरामीको लक्षणबाट यो रोगको पहिचान गर्न सकिन्छ । रगतमा श्वेत कोषिका कम भएको, प्लेटलेटको सङ्ख्या कम भएको वा रगतमा उक्त भाइरसको एन्टिजेन एनएसवानएजी (NS1Ag) पोजिटिभ आएमा सो भाइरसको बोझ शरीरमा रहेको बुझिन्छ । उक्त भाइरस विरुद्ध मानिसको शरीरले बनाउने एन्टिबडीहरूमध्ये आईजीएम र आइजीजी पनि पोजिटिभ हुनसक्छ । शरीरमा हिमाटोक्रिटको मात्रा उच्च हुने ल्याव परीक्षण यस रोगको पहिचानमा सफल मानिन्छ ।

यस रोगको उपचार शुरुमा चिकित्सकको निगरानीमा लक्षणअनुसार गरिने हुन्छ, शरीरमा पानीको मात्रा कम भए सोहीअनुसार पानीको मात्रा कम हुन नदिन सलाइन चढाउनु पर्ने हुन्छ तर शरीरमा प्लेटलेटको मात्रा कम भएमा कम्पोनेन्ट ब्लड (सेतो रगत) चढाउनु पर्ने हुन्छ । बिरामी सिकिस्त भएमा सघन उपचार कक्षमा चौबीसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिनु पर्ने भएकोले सम्बन्धित स्वास्थ्यकर्मीले पनि यस रोगको उपचारको कुनै खास आधिकारिक उपचार पद्धतिअनुसार मात्र उपचार गर्नुपर्ने हुन्छ ।  
(लेखकः अस्पताल व्यवस्थापन विषयका जानकार हुन् र हाल उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी अध्ययनरत छन् ।)

डेङ्गुको बारेमा साभार http://blastkhabar.com


तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen