जेष्ठ २६, पथरी ।

मोरङको उत्तरी नगरपालिका लेटाङले आउदो आर्थीक वर्ष देखि टमाटर (गोलभेडा) र चौपायमा लगाउदै आएको कर हटाउने भएको छ ।
भौगोलिक रुपमा लेटाङको ८० प्रतिशत भु–भाग कृषियोग्य जमिन रहेको र पुरा जनसंख्याको ९० प्रतिशतले कृषि पेशा गर्दै आएको सो क्षेत्रमो आउदो आर्थीक वर्ष देखि टमाटर र चौपायमा लगाईदै आएको कर हटाईने नगर प्रमुख शङकर राईले वताए ।
“किसान सँग मेयर” अन्र्तगत गत वर्षको कार्यक्रमको आईतवार समिक्षा गर्दै नगरपालिका परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख राईले समृद्व लेटाङ , सुखी लेटाङगेली वनाउने आफ्नो लक्ष्यलाई पुरा गर्न आउदो आर्थीक वर्ष देखि टमाटर ( कृषि उपज) र चौपायमा लिइदै आएको कर हटाईने प्रतिवद्धता जाहेर गरेका छन् ।
आर्थीक वर्ष २०७५÷७६ को विनियोजित रकम मध्येबाट नगरपालिकाले किसानको समृद्धिका लागि १० वटा समुहमा ५ जनाको दरले ३० लाख रुपैया विनियोजन गरेको थियो ।
सो रकम वाट स्थानिय समुहले पाडापाडी, वाछ्छावाछी, कोरली, बाख्राबाख्री लगायत खरिद गरि आर्थिक उन्न्तीतर्फ अग्रसर हुन टेवा पुगेको कार्यक्रममा जानकारी दिईएको छ ।
कार्यक्रममा नगरपालिका उप–प्रमुख कृष्ण कुमारी निरौलाले लेटाङ उर्वर भुमि रहेको वताउदै आगामी वर्षको वजेटमा कृषि र किसानका माग हरुलाई विषेश सम्वोद्धन गर्दै नया कार्यक्रमका साथ वजेट प्रस्तुत हुने उनले वताईन ।
हाल किसानले उत्पादन गरेको वस्तुले उचित वजार, उचित मुल्य, विउविजन, मलखाद, सहज रुपमा उपलव्ध नभईरहेको वर्तमान अवस्थामा आउदो आर्थिक वर्षमा तय हुने निति तथा कार्यक्रमले हल गर्ने समेत उनले वताईन ।
कार्यक्रममा नगरपालिकाले उत्कृष्ठ काम गर्ने ७ कृषकहरुलाई ७ वटा टनेल र युवा व्यावसायी समुहलाई हाते ट्याकटर प्रदान समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen