जेठ २६, पथरी 

खेलकुद विकास समिति कानेपोखरी मोरङको आयोजनामा भएको दोस्रो प्रतिष्ठित अध्यक्ष कप–२०७६,को उद्घाटन खेलमा वडा नं. ७ विजयी भएको छ ।
शनिबार आइतबारेको खेल मैदानमा भएको खेलमा वडा नं. ७ ले वडा नं. २ लाई शून्यको विरुद्ध ५ गोलको अन्तरले विजयी भएको हो । मध्यान्तर अघि खेलको १७ औं मिनेटमा वडा नं. ७ को तर्फबाट रोषन साप्कोटाले १ गोल लगाउँर्दै खाता खोलेका थिए । त्यसैगरी खेलको २१ र २४ र्औ मिनेटमा कमल परियारले क्रमश २ गोल लगाएका थिए । त्यसैगरी मध्यान्तर पछि खेलको २२ औँ मिनेटमा आयम गुरुङले १ गोल र खेलको ३३ औँ मिनेटमा बद्रि कार्कीले १ गोल गर्दै ०–५ गोल गरेका थिए ।
त्यसैगरी वडा नं. २ ले गोल लगाउने धेरै प्रयास गरेता पनि वडा नं. ७ का गोल रक्षक र डिफेण्डरले गोल हुनबाट बचाउ गरेका थिए । खेलको म्यान अफ दि म्याच विजेता टोलीका कमल परियार घोषित भएका थिए । परियारले ट्रफि,मेडल पाएका थिए । आइतबारको खेल वडा नं. ३ र ४ विच खेल हुने आयोजक समितिका संयोजक भूपाल श्रेष्ठले जनाए ।
खेलकुद प्रवर्धन तथा खेलकुदको माध्यमबाट स्थानीय खेलाडीहरु उत्पादन गरी राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय स्तरमा उत्रन सक्ने खेलाडीहरु तयार गरी कानेपोखरीको मात्रै नभई देशको नाम चिनाउने हाम्रो उद्देश्य सहित खेलकुद सुरु गरेको हो ।
संजीव गुरुङको संयोजनमा मितेरी युवा क्लबको व्यवस्थापनमा वडा नं. ७ को आइतबारे खेल मैदानमा हुदै छ । फुटबल खेलको विजेताले ८० हजार र उपविजेताले ५० हजार, ट्रफि,प्रमाण पत्र र मेडल पाउने छ । कानेपोखरी विएण्ड वि कन्ट्रक्सन प्रालिका संचालक भूपाल श्रेष्ठले ७ वटै वडालाई १५ सेटको फुटबल जर्सी वितरण गरेको छ ।
खेलकुद विकास समिति कानेपोखरीले अध्यक्ष कप फुटबल, भलिबल, क्रिकेट, व्याडमिन्टन,बुद्धिचाल,एथलेटिक्स,मैत्रिपूर्ण महिला फुटबल खेल र म्याराथुन लगाएतको खेल प्रतियोगिता सुरु गरेको छ ।
उद्घाटन खेललाई कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए । त्यसैगरी अतिथिहरु वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङ, वडा नंं २ का वडाध्यक्ष सुशिल बुढाथोकी, वडा नं. ७ का वडाध्यक्ष मोहनप्रसाद अधिाकारी,स्थानीय नेता भोला अधिकारी,सन्तोष फुयल,विवेक लिम्बु, मनोज राजवंशी,हिमप्रसाद तिम्सिना,कुमार फुयल,नविन पौड्याल लगाएत अतिथि रहेका थिए ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen