धनकुमार मगर

नेपाल आदिवासी जनजाती महासङ्घ नगर समन्वय परिषदको आयोजनामा सञ्चालित नेतृत्व विकास तालिम आज सम्पन्न भएको छ । मोरङ्गको पथरीशनिश्चरे नगरमा अवस्थित व्यापारिक भवन गोर्खा डिपार्टमेन्टको सभाहलमा सञ्चालित दुइ दिने तालिमको हिजो २४ गते शुक्रबार उद्घाटन गरिएको थियो । पथरीशनिश्चरे नगरपालिकाको विशेष सहयोगमा सञ्चालन गरिएको तालिममा नगर भरिका आदिवासी जनजाति महिला, युवा तथा विद्यार्थीहरुमा प्रशिक्षण गरिएको हो । कार्यक्रममा ६० जना प्रशिक्षार्थीहरुको उपस्थित रहेको थियो । रेडियो नेपालका बरिष्ठ कार्यक्रम अधिकृत अमर ध्वज लामा र काजिमान थिङ्ग तामाङले प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षण कार्यक्रममा नेपालको परिवर्तित राज्य व्यवस्था र आदिवासी जनजातिहरुको विभिन्न अवस्थाहरुको विषयमा प्रशिक्षण गरिएको थियो । कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ पथरीशनिश्चरे नगरका अध्यक्ष चन्द्र तामाङ्गको अध्यक्षतामा सम्मपन्न भएको थियो ।


तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen