डम्बर सिन्चिउरी

जाँते -उत्तरी मोरङको तत्कालिन जाँते ८ मन्दिर टोल हाल लेटाङ ९ जाँते अवस्थित गणेश मन्दिर को ३९ वर्ष पछि जिर्णो द्वार कार्य हालै शुरु गरिएको छ ।

    अाम्दानीको कुनै श्रोत नभएको उक्त मन्दिर जिर्णोद्वारको अभावमा अति जिर्ण र असुरक्षित बन्न थाले पछि नगरपालिका र स्थानिय भक्तजन सँग सहयोग माग्दा प्राप्त भएको थोरै रकम बाटै जिर्णोद्वारको काम थालिएको जिर्णोद्वार समितिका अध्यक्ष विष्णुलाल पौडेलले वताएका छन् । अध्यक्ष पौडेल का अनुसार अन्दाजी ५ लाख रकम लाग्ने यस कार्यको लागि हालसम्म नगर बाट १ लाख बाहेक कुनै पनि श्रोत नदेखिएको अवस्था छ । अहिले यो एक लाखले मन्दिर परिसर मा रहेका वर पिपल सहित लाई घेरेर घेरा बारा लगाउन सिमेन्ट पिल्लर उठाईएको छ । पिल्लर मात्र उठाउदा नै १ लाख २५ हजार ५ सय खर्च भै सक्यो । उल्टै २५ हजार ऋण परिसकियो । अब जालि र काठको पिल्लर पनि लगाउनु पर्ने छ , मन्दिरको छानाको जस्ता पनि फेर्नु पर्ने छ । गजुर पनि काठको छ त्यो पनि फेर्नु पर्ने , मन्दिरको भित्ता पनि काठको छ त्यो पनि फेर्नु पर्ने छ । प्रवेश द्वार पनि बनाउनु पर्ने भएको छ । यसरी जिर्णोद्वार गर्ने हो भने अझ हामीलाई झण्डै ४ लाख रकम अपुग हुने देखिन्छ ।
      उहाँ भन्नूहुन्छ अपुग रकमका लागि स्थानिय एवं स्वदेश तथा विदेसमा रहनुहुने भक्तजन सँग चन्दा सहयोगको याचना गर्नु सिवाय हामी सँग कुनै उपाय नभएकोले नै सहयोगको याचना गर्दै यो काम शुरु गरिएको हो ।    
          यति सम्म कि नियमित पुजारी राखेर पुजा गर्न समेत अाम्दानी नभएकाले स्थानियहरु बाटै पालो मिलाएर नियमित पुजा गर्ने गरेको स्थानिय पुरोहित मातृका काफ्ले बताउछन्। यस विषयमा स्थानिय वडाध्यक्ष सँग सम्पर्क गर्दा यस भन्दा अघिको वजेट बाट पनि रु १ लाख प्रदान गरिएको तर यस्ता सामजिक संघ संस्था को संख्या बढि भएकाले अब भने सहयोग दिए पनि त्यसको मात्रा कति हुन्छ भन्ने बारे अहिले नै केही भन्न नसक्ने वताउनु भएको छ ।
        यस्तो छ मन्दिरको ईतिहास
             जाँते कै ईतिहासमा पहिलो पल्ट २०३७ साल बैशाख महिना शुरु भए देखि नै गाउँमा हरेक हप्ता को मंगलवार एउटा न एउटा अप्रिय घटना हुन थाल्यो । जब जब  महिनाहरु सँगै मौसम परिवर्तन हुँदै थियो तब तब झन घटनाहरु मंगलवारै पिच्छे बढ्दै जान थाल्यो । यति सम्म कि , स्थानिय एक जानकारका अनुसार कोहि स्थानिय वासिन्दाहरु  रुख बाट लडेर मर्ने , कोहि रुख बाटै लडेर घाईते हुने । कोहि भिर बाट लडेर अपाङ्ग हुने अादि अादि । यी सबै घटना मंगलबारनै भए । जब यस्ता घटना गाउमा एक पछि अर्को मंगलवारै पिच्छे बढ्न थाल्यो त्यस पछि गाउलेको भेलाले एउटा यस्तो निर्णय गर्यो , यस्ता  घट्ना पक्कै भगवान मंगल गणेश रिसाएरै भएको हुनपर्छ ।  त्यसैले सबै गाउँले मिलेर मंगल गणेशको अारति अाह्वान स्तुति गर्नु पर्छ भन्ने निर्णय स्थानियहरुको बृहत् भेलाले गर्यो । सो निर्णय सँगै तत्कालिन जाँते गाउँ पञ्चायत र स्थानियहरुको अार्थिक साथै भौतिक सहयोग बाट हाल मन्दिर भएको स्थान लेटाङ ९ मन्दिर टोल जाँते मा भगवान गणेश को मन्दिर २०३७ साल मा नै निर्माण शुरु गरियो । यसरी ०३७ सालमा मन्दिर बनाए पनि २०३८ साल को भाद्र शुक्ल पक्ष को चौंथि तिथि (गणेश चौंथी) का दिन गणेश को प्रतिमा स्थापना गर्नु का साथै भव्य पुजा अारति का साथ  प्राण प्रतिष्ठा गरिएको स्थानिय जानकार एवं पुजारी मातृका काफ्ले ले जनाए का छन् । त्यस पछि मन्दिर निर्माण हुनु  पहिले हुने गरेका अप्रिय घटना बन्द भए । त्यसैले  यहाँ का गणेश भगवानको शक्ति हामी सबैले पहिचान पाएर नै जस्तो सुकै परिस्थितिमा पनि अहिले सम्म पुजा अारति भैरहेको स्थानिय पुरोहित तुलसी दाहालले जनाएका छन् । उनी भन्छन् उहाँ कै शक्तिले यस गाउँ मात्र हैन वरपर सहित पहिले को जस्ता कुनै घटना सुन्न परेको छैन । हाल उक्त स्थानमा नागदेवता हरुको पनि निकै चहल बडेको देखेर मन्दिर परिसर मै शेसनागको प्रतिमा स्थापना गरि पुजाअाजा गरिदैछ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen