२२ जेष्ठ , पथरी

साधारणतया मानिस आफ्नो पूरा जीवन आफ्नो लागि, परिवारको लागि जिउने गर्छ। मानिसको प्राकृतिक गुण नै हो संसारिक माया,मोह,लोभ,क्रोध आदि। तर आफू भन्दा समाज, राष्ट्र र भातृत्वलाई अँगालेर जीवन जिउने कमै मात्र भेटिन्छन।यसरी नै समाजसेवामा आफुलाई समर्पित गरेको नाम हो नेपाली हातेमालो समाज।
सानो उमेरबाट नै अरुलाई सहयोग गर्नु पर्छ भन्ने भावना भएका मोरङ्ग पथरीशनिश्चरे ९ का टेक बहादुर कटवाल निरन्तर नेपाली हातेमालो समाजको माध्यमबाट समाजसेवामा तल्लिन छन।नेपाली  सेनामा कार्यरत कट्वाल सन् १९९६ साल तिर शान्ति स्थापनार्थ अमेरिकामा केही समय बिताए पछि स्वतन्त्र रुपमा समाजको लागि जिउने उदेश्यसाथ जागिर छाडेका कट्वाल , केही समय नेपालमै बिताएर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगे। आर्थिक समृद्धिकै कल्पनामा साउदी पुगेता पनि कट्वालमा समाजसेवाको भोक कहिल्यै मरेन। साउदी पुगेबाट नै नेपाल र नेपालीको हितमा काम गर्न शुरु गरेका कट्वाल सन् २०१२ मा साउदी एन आर एनको केन्द्रीय सदस्य बने। एन आर एनको माध्यमबाट अफ्ठ्यारोमा परेका नेपालीलाई अझ बढी सहयोग गर्न सकिने सोचेका कट्वालले जब एन आर एन भित्र राजनितिक गन्ध पाए, तत्काल राजिनामा दिए र निश्वार्थ समाजसेवाको लागि सामाजिक संजालमा नेपाली हातेमालो समाजको निर्माण गरि समाजसेवालाई निरन्तरता दिए।
साउदीमा दुर्घटनामा परि घाइते भएका नेपालीको उद्दार, कम्पनीमा तलब नपाएर समस्यामा परेका नेपालीको उद्दार, कामको शिलशिलामा मृत्यु भएका नेपालीको परिवारलाई राहत , शव नेपाल ल्याउन समन्वय जस्ता कार्य नेपाली हातेमालो समाजको लागि दैनिकी बनेको छ। त्यसका अलावा भुकम्प , बाढी पहिरो, आगलागी जस्ता प्राकृतिक प्रकोपबाट पिडित नेपालीलाई निरन्तर सहयोग गर्नु नेपाली हातेमालो समाजको अर्को पाटो हो। नेपालमा बिशेष गरि ग्रामीण भेगमा खेलकुद, शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सहयोग हातेमालो समाजले गर्ने गरेको छ। नेपालमा रहेका नेपाली, साउदीमा कार्यरत नेपालीका अलावा विश्व भर छरिएर रहेका नेपालीलाई असहज परिस्थितिमा सहयोग गर्नु नेपाली हातेमालो समाजको उदेश्य रहेको समाजका संस्थापक अध्यक्ष कट्वाल बताउछन।
हाल साउदीको एक फास्ट फुड कम्पनीमा व्यवस्थापक रहेका कट्वाल समाज सेवा गर्न पाउँदा संसारभरी कै सन्तुष्टि मिल्ने गरेको उनी बताउछन। एक्लै शुरु गरेको हातेमालो अभियानमा हाल धेरै नेपालीले एक्यवद्धता जनाउदै आएको उनी बताउछन। समस्यामा परेका नेपालीलाई नेपाली हातेमालो समाजको तर्फबाट तथा आफ्नो व्यक्तिगत तवरबाट निरन्तर सहयोग गरिरहने र यसैमा आफुलाई सन्तुष्टि मिल्ने उनी बताउछन।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen