विवेक न्यौपाने, पथरी

मोरङ्गको कानेपोखरी गाउँपालिकामा साता व्यापी खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। गाउँपालिकाको आयोजनामा जेठ २५ देखि असार १ गतेसम्म विभिन्न खेलकुद प्रतियोगिता हुने भएको हो। स्थानीय खेलाडी उत्पादन गरि राष्ट्रिय र अन्तरास्ट्रिय स्तरमा उत्रन सक्ने खेलाडी तयार गर्न प्रतियोगिता आयोजना गरिएको सोमबार पत्रकार सम्मेलनको आयोजना गरि गाँउपालिकाले जानकारी गराएको हो । गाउँपालिकाले फुटबल , भलिबल , क्रीकेट, व्याडमिन्ट्न, बुद्दिचाल, एथलेटिक्स र म्याराथुन दौड लगायतका खेलहरु प्रतियोगितामा समावेश गरिएको जानकारी दियो।
प्रतियोगिता अन्तर्गत मितेरी युवा क्लबको व्यवस्थापनमा दोश्रो अध्यक्ष कप वडा स्तरिय फुटबल प्रतियोगिता समेत हुनेछ। अध्यक्ष कप फुटबलको प्रथम पुरस्कार राशी ८० हजार रुपैयाँ रहेको छ भने दोस्रो हुनेले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछ।
त्यसै गरि भलिवल प्रतियोगिताको प्रथम र द्दितिय पुरस्कार क्रमशः ५१ हजार र ३१ हजार रुपैयाँ तय गरिएको आयोजकले जानकारी दियो।
गाउपालिकाद्वारा खेल क्षेत्रलाई बिनियोजित रकम बाट १२ लाख ६५ हजार र अध्यक्ष कपको लागि ४ लाख रुपैयाँ थप गरि प्रतियोगिता आयोजना गरिने खेलकुद बिकास समिती कानेपोखरीका संयोजक भुपाल श्रेष्ठले बताए।
खेलकुदका कार्यक्रमहरु गाउँपालिका भित्रका विभिन्न खेल मैदानहरुमा हुने बताइएको छ। संभव भए सम्म खेल प्रशिक्षक र निर्णायकहरु समेत गाउपालिका भित्रैबाट व्यवस्थापन गरिने बताइएको छ।
खेलको बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनको अवसरमा बि एन्ड बि कन्स्ट्रक्सन प्रा. लिले प्रत्येक वडालाई जर्शी सहित खेलकुदका सामाग्री प्रदान गरेको छ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen