१७ जेष्ठ , पथरी

विवेक न्यौपाने 

मोरङ्गको पथरी शनिश्चरेको गौरवको रुपमा रहेको पथरी शनिश्चरे रङ्गशालाको स्तरोन्नति हुने भएको छ। पथरी शनिश्चरे १० को भुटानी शरणार्थी बसोबास रहेको क्षेत्रमा रहेको खेल मैदानलाई स्तरीय रङ्गशाला बनाउने उदेश्यका साथ सो खेल मैदानको स्तरोन्नति थालिएको हो। एक स्थानीय तह, एक खेल मैदानको अवधारणा सहित प्रदेश सरकारको आर्थिक व्यवस्थापनमा सो मैदानको काम अघि बढेको हो। प्रदेश सरकारको सामाजिक बिकाश मन्त्रालयले सो खेल मैदानको स्तरोन्नतिका लागि १० लाख रुपैयाँ प्रदान गरेको छ। प्रदेश सांसदहरु सुयर्माराज राई, कृष्ण कुमारी राई लगायतको उपस्थितिमा सो खेल मैदान स्तरोन्नति कार्यको आज एक कार्यक्रमका बिच औपचारिक शुरूवात गरिएको छ।

सो कार्यक्रममा बोल्दै प्रदेश सांसद सुयर्माराज राईले यश खेल मैदानलाई क्रमशः क्षेत्रीय रंगशालामा रुपान्तरण गर्न आफू प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा बोल्दै सांसद राईले कार्य व्यस्तताले जनतासँग प्रत्यक्ष जोडिन नसके पनि जनताको हितका लागि सदनबाट कदम चालिरहेको बताए। सोही कार्यक्रममा बोल्दै प्रदेश सांसद कृष्ण कुमारी राईले खेलकुदले मानिसलाई स्वस्थ्य बनाउने बताउदै खेलकुद प्रवर्द्धनका लागि खेल मैदान आवश्यक रहेको अवस्थामा १० नम्बर वडाले सो खेल मैदान प्राप्त गर्नु गौरवको बिषय रहेको बताइन।
कार्यक्रममा बोल्दै खेल मैदान व्यवस्थापन समितीका संयोजक गणेश थक्लुङ्ग लिम्बुले वडा र नगरको गौरवको रुपमा रहेको रंगशाला निर्माण र स्तरोन्नतिको लागि समितीले स्तरिय र गुणस्तरीय कार्य गर्ने वचन बद्दता जाहेर गरे। स्थानिय सामुदायिक वनसँग सम्बन्धित सो जग्गा खेल मैदानका लागि उपलब्ध गराउन सहयोग गर्ने सम्पुर्ण प्रती उनले धन्यवाद ज्ञापन समेत गरेका छ्न।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen