१५ जेठ, पथरी

मुलुकको प्रत्येक स्थानीय तहका वडाहरुमा स्वास्थ्यको पहुँच पुर्याउने सरकारको लक्ष्यको कार्यन्वयनको क्रममा मोरङको पथरीशनिश्चरे वडा नं. ६ मा पनि बुधबार शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । बाँकी रहेका अन्य वडाहरुमा पनि यही आर्थिक वर्षमा स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने तयारी गरिरहेको नगर प्रमुख दिलिप कुमार राईले बताएका छन् ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहेका राईले शहरी स्वास्थ्य केन्द्रको रिबन काटेर स्वास्थ्य जाँच गर्दै उद्घाटन गरेका थिए । सोही समयमा स्थानीय ८१ वर्षीय सरस्वती अधिकारीले पनि स्वास्थ्य जाँच गराएर स्वास्थ्योपचार थालिएको छ । आफ्नै घर छेउमा स्वास्थ्य केन्द्र आएपछि धेरै खुसी लागेको अधिकारीले बताइन् । राईले नगरमा भएका १० वटा वडा मध्ये हाल ६ वटामा स्वास्थ्य सुविधा पुगेको बताए । अबका दिनमा नगरमा बाकीँ रहेका ४ वटा वडाहरु ८, ४, ७ र १० मा पनि आउने आर्थिक वर्षमा नै शहरी स्वास्थ्य केन्द्रबाट सेवा पु¥याउने योजनामा रहेको राईले बताए । आउने आर्थिक वर्षमा सम्भव नभएमा क्रमशः स्वास्थ्य कार्यक्रमलाई अगाडी बढाउने पनि राईले उद्घोष गरे । राईले नगरबाट प्रदान गररहेको सेवा सुविधा र विकास निर्माणका विषयमा निकै लामो फेहरिस्त नै प्रस्तुत गरेका थिए । शिक्षालाई मुख्य प्राथमिकतामा राखेका कारण सबै अभिभावकले सामुदायिक विद्यालयमा नै नानीहरुलाई अनिवार्य रुपमा पढाउन पनि सुझाव दिए ।
वडा अध्यक्ष जय बहादुर तमाङले वडामा सबै जनतालाई आवश्यक पर्ने सेवा सुविधाका लागि सदैव तयार रहेको बताए । जनताको आवश्यकतालाई आत्मसाथ गर्दै अन्य विभिन्न कार्यक्रम तथा योजना ल्याइने पनि तामाङले बताए । कार्यक्रममा वडा अध्यक्षहरु बाबुराम दाहाल, गोविन्द बहादुर भण्डारी, कपिलमणि ढकाल, प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद धमला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
हाल पशुसेवा कार्यालय भवनको एउटा कोठामा शहरी स्वास्थ्य केन्द्रलाई व्यवस्थापन गरिएको छ । सो कार्यालयमा २ जना कर्मचारी व्यवस्थापन गरिएको छ । अहेवले जिम्मेवारी सम्हाल्ने गरीको सो केन्द्र प्रमुखमा आशिस गौतम रहेका छन् । केन्द्रले हाल महिला प्रजनन्, ओपिडी सेवा, सर्जरी, टिबि को औषधी, राज्यले दिएको फ्रि मा पाइने ७२ प्रकारका औषधीहरु र अन्य सामान्य रोगहरुको उपचार हुने गौतमले बताए । यो स्वास्थ्य केन्द्रका लागि स्थानीय समाजसेवी मीना ठकुरीले ६ धुर जग्गा समेत दान दिएकी छिन् । सो जग्गामा हाल टिनको छानो भएको १ कोठो ट्रष्टको छाना भएको भवन पनि निर्माण गरिएको छ । सो भवनको व्यवस्थापन पछि केन्द्रलाई हालको स्थानबाट सारिने भएको छ । जग्गा अपुग भएको खण्डमा केही सर्तहरु सहित बाकीँ रहेको ५ धुर जग्गा पनि उपलब्ध गराउने सोचमा रहेको ठकुरीले बताइन् ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen