जेठ १४, पथरी

कला र साहित्यमार्फत चिनिदै गएको मोरङले पथरीशनिश्चरेमा ‘प्रथम पथरी शनिश्चरे बृहत कला साहित्य उत्सव’ हुने भएको छ । नगरपालिका अन्तर्गत गठित ‘कला साहित्य प्रवद्र्धन समिति’को मुख्य आयोजना र ‘एभरेष्ट आर्ट फ्यून’को सहआयोजनामा जेठ १८ र १९ गते उत्सव हुने भएको हो । उत्सव आयोजक समिति संयोजक धनराज राई अमीरले प्रदेश नम्वर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा साँस्कृतिक झाँकी सहित कार्यक्रम उद्घाटन् हुने बताईएको छ ।

जेठ १८ र १९ गते सिनभिलेज पाटी प्यालेसमा निकै तामझामका साथ कला तथा साहित्य उत्सव हुने भएको छ । १८ गतेको कार्यक्रममा जातीय मौलिक सांस्कृतिक झाँकी प्रस्तुत, मौलिक गीत, नृत्य प्रस्तुत, चित्रकला र मूर्तिकला प्रदर्शन, नगरको कला तथा साहित्यका बारेमा कार्यपत्र प्रस्तुत, नगरका शैक्षिक तथा साहित्यका अगुवा स्व. चन्द्रमान कन्दङ्वा सम्मान तथा विभिन्न प्रहसनहरु रहने जनाइएको छ । यस्तै १९ गते हुने कार्यक्रममा मोरङको साहित्यका बारेमा कार्यपत्र प्रस्तुत, प्रदेश १ का प्रतिनिधिमूलक सर्जक (मनु मञ्जिल, जेबी थुलुङ, विवश पोख्रेल, मिन कुमार नवोदित) लगाएतका सृजना प्रस्तुत, मौलिक गीत, नृत्य प्रस्तुत, चित्रकला, मूर्तिकला प्रदर्शन र हाँस्य टेलिश्रृङ्खला दोवाटेको प्रहसन रहने उत्सव समारोहका संयोजक अमिर राईले जानकारी दिए ।


तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen