विवेक न्यौपाने
जेष्ठ ७ ,पथरी

मोरङ्गको सुनबर्सी २ अमरदहमा सम्पन्न प्रदेश स्तरीय तेस्रो अमरदह ढल्के जोवन फुटबल प्रतियोगिताको उपाधी द याेङ बदर्स भेट्रान ईटहरीले जितेको छ। पुर्वाञ्चल भेट्रान दमकलाई ० का विरुद्ध १ गोल गर्दै ईटहरी बिजयी बनेको हो।मंगलबार सम्पन्न फाइनल खेलमा पहिलो हाफको २५ औँ मिनेटमा इटहरी भेट्रानका तिर्थ बस्नेतले गरेको एक मात्र गोल नै निर्णायक बन्न पुग्यो।
सुनबर्षी नगरपालिका २ अमरदहको बिरेन्द्र सार्वजनीक मा. वि. मा सम्पन्न प्रतियोगिताको उपाधीसँगै इटहरीले नगद २ लाख ११ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा सिमित दमकले १ लाख ५१ हजार रुपियाँमा चित्त बुझाएको छ। फाइनल खेलको मेन अफ द म्याच बिजेता टोलिका गोल रक्षक राम कुमार चौधरी घोषित हुँदै नगद ५ हजार प्राप्त गरे । यस्तै प्रतियोगिताको सर्बोउत्कृष्ट खेलाडी बिजेता टोलि इटहरीका कप्तान निर्मल तामाङ घोषित हुँदै नगद १५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा उच्च गोल कर्तासमेत बिजेता टोलिकै लिला थापा मगर बन्दै नगद १० हजार प्राप्त गरे भने अनुशाशित टोलि आयोजक अमरदह भेट्रान घोषित भएको छ। ३० बर्ष उमेर पुगेका भेट्रान खेलाडीहरुको सहभागितामा प्रतियोगितामा १ नं. प्रदेशका १६ टिमले सहभागिता जनाएका थिए।

फाइनलमा एक भाग्यशालीलाई पल्सर मोटरसाइकल

खेलको फाइनलको अवसरमा एक भाग्यशलीले पल्सर मोटरसाइकल प्राप्त गरेका छन।सुनबर्शी २ अमरदह निवसी चमरु ऋषिदेवले १५० सिसिको पल्सर मोटरसाइकल प्राप्त गरेका हुन। १ हजार रुपैयाँ दरको भाग्यशाली चिठ्ठा मार्फत एक जनालाई आयोजकले मोटरसाइकल प्रदान गरेको हो।
खेलको आकर्षणका रुपमा रहेको १५० सिसिको पल्सरको भाग्यसाली बिजेताको घोषणा लक्की ड्र मार्फत फाइनलकै दिन गरिएको हो।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen