विवेक न्यौपाने
जेष्ठ ५ ,पथरी

मोरङ्गको सुनबर्सी २ अमरदहमा बैशाख २१ बाट शुरु भएको प्रदेश स्तरीय तेस्रो अमरदह ढल्के जोवन फुटबल प्रतियोगिताको फाइनल खेल जेष्ठ ७ गते हुदैछ। उपाधीका लागि पुर्वाञ्चल भेट्रान दमक र द याेङ बदर्स भेट्रान ईटहरी आमनेसामने हुदैछन। बिहिवार सम्पन्न पहिलाे सेमिफाईनल खेलमा ए पि एफ भेट्रान पकलीलाई ० का बिरुद्ध ३ गाेल गर्दै पुर्वाञ्चल भेट्रान दमकले फाइनलको यात्रा तय गरेको हो भने
शुक्रवार सम्पन्न दाेस्राे सेमिफाईनल खेलमा उर्लाबारी भेट्रान क्लव उर्लाबारीलाई ० का बिरुद्ध ३ गाेल गर्दै द याेङ बदर्स भेट्रान ईटहरीले उपाधी रक्षाका लागि दमक भेट्रानसँगको भेट पक्का गरेको हो। प्रतियोगिताको फाइनल खेल अन्य खेल झैँ सुनबर्षी नगरपालिका २ अमरदहको बिरेन्द्र सार्वजनीक मा. वि. मा संचालन हुदैछ ।
१ नं. प्रदेशका १६ टिमले सहभागिता जनाएको प्रतियोगितामा ३० बर्ष पुगेका भेट्रान खेलाडीहरुले प्रतिस्पर्दा गरेकोमा १४ टिम घर फर्किसकेका छन। प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले १ लाख ५१ हजार रुपियाँमा चित्त बुझाउनु पर्ने छ।

फाइनलको दिन एक भाग्यशलीलाई पल्सर मोटरसाइकल

खेलको आकर्षणका रुपमा रहेको १५० सिसिको पल्सरको भाग्यसाली बिजेताको घोषणा लक्की ड्र मार्फत फाइनलकै दिन हुने आयोजकले जनाएको छ । केही रकम तिरेर सहभागी हुन पाइने सो चिट्ठामा भाग्यशाली ठहरिने एक दर्शकले १५० सिसिको मोटरसाइकल प्राप्त गर्ने छ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen