मोरङ्गको सुनबर्सी नगरपालिका वडा नं. २ अमरदहमा जारी प्रदेश स्तरीय तेस्रो ढल्के जोवन फुटबल प्रतियोगिता अन्तर्गत बिहिवार सम्पन्न पहिलो सेमिफाईनल खेलमा ए पि एफ भेट्रान पकलीलाई ० बिरुद्ध ३ गोल गर्दै पुर्वाञ्चल भेट्रान दमक फाईनल प्रबेश गरेको छ । पहिलो हाफमा पुर्वाञ्चल भेट्रान दमकलाई निकै दवावमा राखेको ए पि एफले दोस्रो हाफमा फितलो प्रदशन गरे पछि हार बेर्हाेनु परेको हो । पुर्वाञ्चलका लागि दोस्रो हाफको ५ औं मिनेटमा बिनोद गुरुङले गोल गर्दै अग्रता लिएको थियो । एक गोल खाएको ए पि एफको एक पछि अर्काे डिफ्रेन्सको कम्जोरीको मैकाको फाईदा उढाउदै ८ औं मिनेटमा हरि सेर्माले गोल गर्दै २ गोलको अग्रता बनाए ।
खेल अवधिभर राम्रो खेल प्रदशन गरे पनि स्कोर गर्न नसक्दा खेलको १७ मिनेटमा पुर्वाञ्चलका लागि सचिन्द्र धिमालले १ गो थप्दै ३ गोलको अग्रता बनाए । पहिलो हाफमा उत्कृष्ट प्रदशन गरेको एपि एफले राम्रा राम्रा मैका पाउँदा पनि स्कोर गर्न नसके पछि सेमिफाईनल सम्मको यात्रमा चित बुझाउनु पर्याे । बिहिवारको खेलको म्यान अफ द म्याच पुर्वाञ्चल भेट्रान दमकका पहिलो गोल कर्ता बिनोद गुरुङ घोषित हुँदै नगद ५ हजार रुपियाँ र मेडल हात पारे । शक्रवारको दोस्रो सेमिफाईनल खेल उर्लाबारी भेट्रान र योङ बदर्स भेट्रान ईटहरीका बिच हुने छ । प्रतियोगीता बैशाख २१ देखि जेष्ठ ७ गते सम्म सुनबर्शी नगरपालिका २ अमरदहको बिरेन्द्र सार्वजनीक मा. वि. मा संचालन हुदैछ । १ नं. प्रदेशका १६ टिमले भाग लिएको प्रतियोगितामा ३० बर्ष पुगेका भेट्रान खेलाडीहरुले प्रतिस्पर्दा गर्दै छन । प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ५१ हजारका साथ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen