विवेक न्यौपाने
३ जेष्ठ , पथरी

पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ३ ले चालू आर्थिक बर्ष २०७५/७६ को कार्य प्रगती विवरण सार्वजनिक गरेको छ। वडा कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरि वडा कार्यलयले बैशाख मसान्तसम्मको कार्यप्रगती विवरण सार्वजनिक गरेको हो। नगरपालिकाले वडालाई बिनियोजन गरेको ८५ लाख रुपैयाँबाट ७५ लाख रुपैयाँ भौतिक खर्च  र लक्षित समुहका लागि कार्यक्रमको योजना बनाएको वडाले निर्धारण गरेको २० वटा योजनाहरु मध्ये अधिकांश योजनाहरु सम्पन्न भैसकेको छ भने केही योजना सम्पन्नको तयारीमा रहेको वडा कार्यलयले जानकारी दियो। वडाले सर्वाधिक ३५ लाख देखि न्युनतम ५० हजारसम्मको २० वटा  आयोजना संचालन गरेकोमा १५ वटा योजना पुर्णरुपमा सम्पन्न गरेको छ भने २ वटा योजना संचालन भैरहेको र ३ वटा योजना सम्पन्न भै भुक्तानी बाकी रहेको वडा सचिव बिमला अधिकारीले जानकारी दिइन। वडाले सम्पन्न गरेको योजनामध्ये फारलाइन
– भोटेघुम्ती मार्ग सडक स्तरोन्नतिका लागी ३५ लाख रुपैयाँ विनियोजन गरिएको थियो भने मदन भण्डारी कृषि फार्म उत्तरतर्फ बाट बाटो स्तरोन्नति सडक ग्राभेल शिर्षकमा १० लाख रुपैयाँ बिनियोजन गरिएको थियो। वडाले अन्य योजनाहरुमा किसान टोलमा कल्भर्ट निर्माणका लागि ३ लाख ५० हजार, नारायण कोइरालाको घर दक्षिण कल्भर्ट निर्माण र पिपलचोक पुर्वपश्चिम ग्राभेलमा ३-३ लाख, आदर्शमार्ग जोड्ने बाटो स्तरोन्नति तथा ग्राभेल , ढकाल चोक पुर्व बक्राह जाने सडक ग्राभेल, शिव पञ्चायन दक्षिण सडक ग्राभेल , हरियाली मार्ग अधुरो ग्राभेल पुरा गर्ने योजनाका लागि प्रत्येकलाई २ लाख रुपैयाँका दरले रकम बिनियोजन गरिएको जानकारी पत्रकार सम्मेलनमा गराइएको छ। यसै गरि वडाले पैनी मर्मत , बजार टहरा निर्माण तथा जस्तापाता खरिद, जेष्ठ नागरिकहरुका लागि भौतिक तथा सामाजिक कार्यक्रम, दलित लक्षित कार्यक्रम , बालबालिका मैत्री कार्यक्रम र महिलाहरुको सिपबिकास तालिमको संचालन गरेको छ।
यसका अलावा वडामा संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको शिक्षा शाखाबाट प्राप्त अनुदान प्राप्त गरि केही आयोजना संचालन गरेको छ। वडाले चालू आर्थिक बर्षको बैशाख मसान्तसम्ममा ५ लाख २० हजार ४ सय ४८ रुपैयाँ राजस्व संकलन गरेको छ। सो राजस्व नागरिकता सिफारिस, नागरिकता प्रतिलिपी सिफारिस , पारिवारिक कार्ड निर्माण , घरबाटो सिफारिस, नाता प्रमाणीकरण , चार किल्ला प्रमाणित, अङ्ग्रेजी सिफारिसलगायतका कार्यबाट संकलन गरिएको वडा सचिव अधिकारीले जानकारी गराइन। यसका साथै चालू आर्थिक बर्षको बैशाख मसान्तसम्ममा एकल महिला, दलित जेष्ठ नागरिक, जेष्ठ नागरिक, दलित बालबालिका भत्ता, पुर्ण र आंशिक अपाङ्गता भत्ता गरि १ सय २९ जना वडाबासीलाई सामाजिक सुरक्षा भत्ता लाभग्राहीको रुपमा दर्ता गराएको छ। वडा कार्यालयले संभावित विकास निर्माण पनि सार्वजानिक गर्यो । जसमा १५ वटा ग्रावेल बाटो र ७ वडा कल्भर्ट रहेको पनि वडाध्यक्ष डम्बर चेम्जोङले जानकारी गराए ।
वडाले यश बर्ष समावेश हुन नसकेको अन्य योजनाहरु आगामी आर्थिक बर्षमा प्राथमिकताको आधारमा क्रमश समापन गर्दै जाने वडा अध्यक्ष डम्बर चेम्जोङले बताए। उनले भने, ३ नम्बर वडाको अधिकांश भुभाग कृषि योग्य भएका कारण आगामी आर्थिक बर्षमा कृषिलाई पहिलो प्राथमिकताका साथ योजना तर्जुमा गरिने छ।
पत्रकार सम्मेलनमा वडा सदस्यहरुले समेत वडाको आयोजना संचालनमा आफ्नो भुमिका र योजना संचालनको क्रममा आएको समस्याको बारेमा जानकारी गराएका छन। दलित महिला वडा सदस्य फुलमाया दमाईले दलित लक्षित कार्यक्रमका लागि थोरै बजेट विनियोजन गरिएकोले सोचेअनुरुप कार्य सम्पादन गर्न नसकेको गुनासो गरिन।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen