पथरी

जेठ २, बुधबार

पूर्वी उत्तरी मोरङमा कार्यरत पत्रकारहरुले नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेक संशोधनको पहल गर्न कानून मन्त्री भानुभक्त ढकाललाई एसएमएस म्यासेज पठाएका छन् । समाचार लेख्ने पत्रकारलाई २५ हजारदेखि १० लाखसम्म र विज्ञापनमा ५ लाख तथा ५ बर्षसम्म कैद सजयसम्म जरिवाना हुने मिडिया काउन्सिललाई अधिकार सहितको विधेक सदनमा पेश भएपछि देशभरका पत्रकारहरु आन्दोलनमा रहेको छ । आज (बुधबार) नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हानमा देशभरका पत्रकारहरुले कालो पट्टी लगाएर काम गरिरहेका छन् । यसै अवसरमा पूर्वी मोरङका पत्रकारहरुले महासंघको पथरी सम्पर्क कार्यालयमा भेला भएर अन्तरक्रियाको आयोजना गर्दै मोरङ—३ का संघीय सांसद तथा कानून मन्त्री भानुभक्त ढकाललाई एसएमएस गरेको हो । ढकालले निर्वाचन जितेको मोरङ ३ नम्बर क्षेत्रमा कार्यरत पत्रकारहरुले ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोकनको लागि पहल गर्न कानून मन्त्री भानुभक्त ढकाललाई अनुरोध गर्दछौ ।’ भन्ने एसएमएस गरेका हुन् । माहासंघ मोरङको सहसचिव शन्तोष राईको सभापतित्वमा भएको कार्यक्रममा महासंघको केन्द्रीय पार्षद अर्जुन जम्नेली राई, प्रेस सेन्टर नेपालको १ नम्बर प्रदेस समितिको कोषाध्यक्ष मोहन भट्टराई, प्रेस चौतारी नेपाल मोरङको उपाध्यक्ष केदार चौहान, प्रेस युनियन मोरङको उपाध्यक्ष हरी कोइराला लगायतले बोलेका थिए । मिडिया विधेक पास भएमा कम्तिमा १० लाख तयार पारेर मात्र समाचार लेख्न बस्नुपर्ने र त्यो सर्वसाधरणको लागि सम्भव नहुने बताए । यो विधेक लागू भएमा ग्रामिन भेगका पत्रकारहरुलाई झनै गाह्रो हुने वक्ताहरुले बताए ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen