विवेक न्यौपाने , पथरी

मोरङ्गको सुनबर्सी २ अमरदहमा जारी प्रदेश स्तरीय तेस्रो ढल्के जोवन फुटबल प्रतियोगिता अन्तर्गत मंगलवार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा पुर्वाञ्चल भेट्रान दमकले सगरमाथा भेट्रान बिराटचौकलाई ० का बिरुद्द १ गोल गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ।
खेलको ५५ औ मिनेटमा पुर्वाञ्चल भेट्रान दमकका किरण राईले गरेको गोल नै बिराटचोकलाई पराजित गर्न पर्याप्त बन्यो।
खेलको १७ औं मिनेटमा सगरमाथा भेट्रानका खगेन्द्र खड्काले डिफेन्डरलाई बिट मार्दै वान भर्सेस वानमा गोल गर्ने सुनौलो अवसर पाए पनि गोल गर्न चुकेका थिए ।
मंगलवारको खेलको म्यान अफ द म्याच पुर्वाञ्चल भेट्रान दमकका सचिन्द्र धिमाल घोषित हुँदै नगद २ हजार रुपियाँ र मेडल हात पारे ।
बुधवारको चौथो क्वाटरफाइनल खेल घरान भेट्रान र ईटहरी भेट्रानका बिच हुने छ । प्रतियोगीताको फाइनल खेल जेष्ठ ७ गते हुनेछ। १ नं. प्रदेशका १६ टिमले भाग लिएको प्रतियोगितामा ३० बर्ष पुगेका भेट्रान खेलाडीहरुले प्रतिस्पर्धा  गर्दै छन । प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ५१ हजारका साथ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen