विवेक न्यौपाने,
३० बैशाख , पथरी

सि.एम कन्दङ्वा प्रदेश नं १ स्तरिय टि-२० क्रीकेट प्रतियोगिताको दोश्रो संस्करण जेठ ११ बाट शुरु हुने भएको छ। प्रदेश १ का विभिन्न १६ टिमहरुको सहभागिता रहने प्रतियोगीताको आयोजना पथरी शनिश्चरे क्रीकेट क्लबले गर्ने भएको हो। ५५ हजार ५ सय ५५ रुपैयाँ प्रथम पुरस्कार रहेको प्रतियोगिताको मुख्य प्रायोजन पथरी शनिश्चरे १ मा स्थापित एभरेष्ट आवासीय माध्यमिक बिधालयले गरेको छ भने टीका फेन्सी स्टोरको प्रायोजन रहने छ। प्रतियोगितामा दोश्रो पुरस्कार राशी ३३ हजार ३ सय ३३ रुपैयाँ रहने आज आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो। प्रतियोगिता जेठ ११ देखि १८ गतेसम्म संचालन हुने आयोजक क्लबका अध्यक्ष अरुण राईले बताए। प्रतियोगिताका सम्पूर्ण खेलहरु मोरङको पथरी स्थित पथरी रङ्गशालामा हुने आयोजकले जानकारी दियो.

एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक बिधालयका संस्थापक स्व। सि एम कन्दङ्वाको स्मृतिमा आयोजना गरिने प्रतियोगिताको गत बर्ष सम्पन्न पहिलो संस्करणमा ब्लु स्टार बिराटनगरले उपाधी उचालेको थियो।
करिव ४ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगितामा बेस्ट बलर, बेस्ट ब्याट्सम्यान र मेन अफ द सिरिजको बिधामा २५ सय २५ रुपैयाँसहित ट्रफीले पुरस्कृत गरिने आयोजकले बताए। साथै प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १ हजार १ सय ११ रुपैयाँ सहित ट्रफीले पुरस्कृत गरिने केषाध्यक्ष एन्जल राईले जानकारी दिए।
यश किसिमको प्रतियोगिताले राष्ट्रियता र देशप्रेमलाई अझ गाढा बनाउने र भाइचाराको भावनाको बिकाश गराउने भएकाले यश किसिमको प्रतियोगितालाई आफुले प्राथमिकता दिने गरेको प्रमुख प्रायोजक एभरेष्ट इङ्लिस स्कुलका निर्देशक रविन कङ्दङ्वाले बताए। सि एम कङ्दङ्वा बिधालयका निर्देशक रविनका पिता हुन। यश अघि बैशाख २६ गते सि एम कङ्दङ्वा राष्ट्रिय प्रतिभा पुरस्कारबाट धनकुटे कान्छा र एल पि जोशीलाई सम्मान समेत गरिएको थियो।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen