विवेक न्यौपाने, पथरी
बैशाख २९

मोरङ्गको सुनबर्सी २ अमरदहमा जारी प्रदेश स्तरीय तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगिता अन्तर्गत आज सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा अनिल गुरुङ्गको कप्तानीमा रहेको उर्लाबारी भेट्रान बिजयी बनेको छ। संखुवासभा भेट्रानलाई ४-१ गोल अन्तरले पराजित गर्दै उर्लाबारी भेट्रान बिजयी बन्दै सेमिफाइनल यात्रा तय गरेको हो। खेल अवधिभर संखुवासभालाई आफ्नो पकडमा राखेको उर्लाबारीले खेलको १० औँ मिनेटमा टंक लामाको गोलबाट अग्रता लिएको थियो भने बुद्दराज चेमजोङ्गले खेलको २५ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। दोश्रो गोलको १ मिनेट बित्न नपाउदै कप्तान अनिल गुरुङ्गले टिमको लागि तेस्रो गोल गरे। यस्तै खेलमा थप गरिएको अतिरिक्त समयमा संखुवासभाका दिल बहादुर लिम्बुले डिएरिया बक्स भित्र फल गरेर रातो कार्ड प्राप्त गरेर मैदान छाडदै उर्लाबारीलाई पेनाल्टी उपहार दिएका थिए। पेनाल्टीको सदुपयोग गर्दै उर्लाबारीका कप्तान अनिल गुरुङ्गले व्यक्तिगत दोश्रो गोल गर्दै टिमका लागि चौथो गोल गरे।
संखुवासभाको लागि भने दोश्रो हाफको २६ मिनेटमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका दिपक राईले सान्त्वना गोल गरे।
आजको खेलको उत्कृष्ट खेलाडि उर्लाबारी भेट्रानका बुद्दराज चेम्जोङ्ग घोषित हुँदै नगद २ हजार रुपियाँ प्राप्त गरे। भोलि दोश्रो क्वाटरफाइनल खेल तेह्रथुम भेट्रान र सशस्त्र प्रहरी बल पकलि बिच हुनेछ। प्रतियोगीताको फाइनल जेष्ठ ७ गते हुनेछ।
३० बर्ष नाघेका १ नं. प्रदेशका भेट्रान खेलाडीहरुको १६ टिमकाे सहभागिता रहेकाे प्रतियाेगिताकाे विजेताले नगद २ लाख ११ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ५१ हजार रुपैयाँमा चित्त बुझाउनु पर्ने छ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen