विवेक न्यौपाने, पथरी
बैशाख २८

मोरङ्गको सुनबर्सी २ अमरदहमा जारी प्रदेश स्तरीय तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगिता अन्तर्गत आज सम्पन्न अन्तिम प्रि क्वाटर फाइनल खेलमा धरान भेट्रान बिजयी बनेको छ। भाउन्ने भेट्रानलाई २-१ गोल अन्तरले पराजित गर्दै धरान बिजयी बनेको हो। पुरै खेल अवधीभर भाउन्नेलाई दबाबमा राखेको धरानले खेलको १० औँ मिनेटमा तिर्थ आले मगरको गोलबाट अग्रता लिएको थियो भने धरानकै गणेश लिम्बुले खेलको १९ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे।
भाउन्नेका लागि यादव राईले खेलको २७ औँ मिनेटमा टिमको लागि सान्त्वना गोल गरे। आजको खेलको उत्कृष्ट खेलाडी धरान भेट्रानका कप्तान गणेश लिम्बू घोषित हुँदै नगद २ हजार रुपियाँ प्राप्त गरे।
यो सँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ। प्रतियोगितामा संखुवासभा भेट्रान, उर्लाबारी भेट्रान, पूर्वाञ्चल भेट्रान दमक ,इटहरी भेट्रान, तेह्रथुम भेट्रान, सशस्त्र प्रहरी बल पकली, धरान भेट्रान र बिराट्चोक भेट्रानले क्वाटरफाइनलको यात्रा तय गरेका छन् ।,
३० बर्ष नाघेका १ नं. प्रदेशका १६ टिमकाे सहभागिता रहेकाे प्रतियाेगिताकाे विजेताले नगद २ लाख ११ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ५१ हजार रुपैयाँमा चित्त बुझाउनु पर्ने छ। प्रतियोगिता अन्तर्गत भोलिको पहिलो क्वाटरफाइनल खेल उर्लाबारी भेट्रान र संखुवासभा भेट्रान बिच हुनेछ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen