२७ बैशाख , पथरी

सि एम कन्दङ्वा राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ ‘ बाट विहिबार दुइजना स्रष्टा सम्मनित भएका छन् । पथरीशनिश्चरे नगर स्थित एभरेस्ट माध्यमिक विद्यालयको मातहतमा रहेको अक्षयकोषबाट सि एम कन्दङ्वा स्मृति कोषले विशिष्ट राष्ट्रिय प्रतिभा सम्मानबाट लोक गायक तथा साहित्यकार लक्ष्मिप्रसाद ( एल पि ) जोसि र युवा प्रतिभाबाट शंकर चापागाइ ( धनकुटे कान्छा ) सम्मानित भएका हुन् । झापाका एल पि जोसिलाइ नगद ५० हजार, ताम्रपत्र र दोसल्ला ओढाएर सि एम कन्दङ्वा राष्ट्रिय विशिष्ट प्रतिभा पुरस्कार २०७६ र झापाकै धनकुटे कान्छालाइ नगद ३५ हजार, ताम्रपत्र र दोसल्ला ओढाएर सि एम कन्दङ्वा राष्ट्रीय युवा प्रतिभा पुरस्कार २०७६ बाट सम्मान गरिएको हो ।  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सम्मानीत प्रतिभाहरुलाई दोसल्ला ओढाउँदै ताम्रपत्र वितरण गरेका थिए भने कोषका अध्यक्ष एवम् एभरेष्ट माविका निर्देशक रविन कन्दङ्बाले चेक हस्तान्तरण गरेका थिए । भारतको दार्जिलिङ जन्मेर २०६२ फागुन २५ गते पथरी शनिश्चरेमा निधन भएका एभरेष्ट माविका संस्थापक सीएम कन्दङ्बाको ९१ औं जन्मजयन्तीको अवसरमा सो सम्मान गरिएको हो ।

प्रदेश नम्वर १ का भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, खेलकुद, पत्रकारिता, समाजसेवा क्षेत्रका २ व्यक्तित्वलाई वर्षेनी सि एम कन्दङ्वा पुरस्कार प्रदान गर्दै जाने अध्यक्ष रविन कन्दङ्वाले जानकारी दिए ।

कार्यक्रममा राजेन्द्र विवश, दिपक दियालो, बद्री भिखारी, विवश बलिभद्र, मधु पोखरेल, सुमित्रा वाङ्देल ‘चेली’, तेजराज खतिवडा, मिन कुमार ‘नवोदित’ लगायतले आफ्नो रचना वाचन गरेका थिए भने गायकद्वय अर्जुन सेन्चुरी र अनिल फागोले गीत सुनाएर कार्यक्रमको माहोल मन्त्रमुग्द बनाएका थिए । सि एम कन्दङ्वाका हाल सम्म चारवटा कृतिहरु प्रकाशित रहेका छन् ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen