विवेक न्यौपाने
२६ बैशाख , पथरी

पछिल्लो समयमा असुरक्षित महसुस हुँदै आएको मोरङ्गको पथरी शनिश्चरेले प्रहरी नायव उपरीक्षक (डिएसपी )को नेतृत्वमा सुरक्षा पाउने भएको छ। पथरी उद्योग बाणिज्य संघले मुख्यमन्त्री शेरधन राईलाई पथरीको शान्ति सुरक्षाको सन्दर्भमा ज्ञापनपत्र बुझाइ ध्यानाकर्षण गराउने क्रममा मुख्यमन्त्री राईले पथरीमा डिएसपीको नेतृत्वमा प्रहरी चौकी रहने कुरामा बिश्वस्त हुन भनेका हुन।
उद्योग बाणिज्य संघका अध्यक्ष दिपक बस्नेतको नेतृत्वमा मुख्यमन्त्रीको कार्यलयमै पुगेर ज्ञापनपत्र बुझाउने क्रममा मुख्यमन्त्री राईले अपराध न्यूनीकरणमा प्रदेश सरकार सचेत भै निरन्तर लागिरहेको तर पथरीको हकमा अपराधजन्य घटना पथरी मै बढी किन भैरहेको छ भन्ने बारेमा उद्योग बाणिज्य संघ, राजनैतिक दल, नागरिक समाज लगायतले गम्भीर रुपमा छलफल गरि प्रहरी प्रशासनसँग समेत सहकार्य गर्नु पर्नेमा जोड दिए।
सोही क्रममा डिआइजी केदार रिजालले पथरीको घटना रिना मृत्यु प्रकरण, षडराज तामाङ मृत्यु प्रकरण, सो भन्दा अगाडीका शंकास्पद मृत्युका घटनालाई सुक्ष्म रुपमा हेरिरहेको बताउनुभयो । पथरीमा डिएसपी रहने बिषयलाई जोड दिदै रिजालले पथरीका लागि आवश्यक थप सवारी लगायतका पुर्वाधार चाडै प्राप्त हुने र यथाशीघ्र डिएसपी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। शान्ती सुरक्षा चुस्त दुरुस्त बनाउन
चाडैँ नै कोशी नदि देखि पूर्व काकडभिट्टा सम्म पूर्व पश्चिम राजमार्गमा सिसि क्यामेरा जडान गर्ने तयारी भएको पनि रिजालले बताए । सोही क्रममा पथरीले पनि बजार क्षेत्रमा आफ्नो तर्फबाट पनि सुरक्षाका लागि सिसि क्यामेरा व्यवस्थापन गरे पथरीमा अपराधिक घटना न्यूनीकरण हुन सक्ने रिजालले बताए ।
पथरी उद्योग बाणिज्य संघले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउनु का साथै संघले आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीलाई समेत ज्ञापन–पत्र बुझाएको छ । सो को बोधार्थ जिल्ला प्रशासन कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र पथरीशनिश्चरे नगरपालिकालाई समेत दिइएको संघका महासचिव अशोक कुमार राईले बताउनुभयो । ज्ञापन–पत्रमा रिना मृत्यु प्रकरणका विषयमा पनि छानवीन भइरहेको हुदाँ निष्पक्ष छानवीन गरी दोषीलाई कडा कार्वाही गर्न माग गरिएको छ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen