विवेक न्यौपाने, पथरी 

बैशाख , २२

प्रदेश स्तरीय तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगिता अन्तर्गत आज सम्पन्न दाेस्राे खेलमा उर्लाबारी भेट्रान क्लब बिजयी बनेको छ। बिर्तामोड भेट्रान क्लवलाई ० का बिरुद्घ ४ गाेल गर्दै उर्लाबारी भेट्रान क्लव दाेस्राे चरणमा प्रवेश गरेकाे हो।
पुर्व राष्ट्रिय टिमका कप्तान अनिल गुरुङको नेतृत्वमा ए डिभिजन क्लवका खेलाडीले भरिएकाे उर्लाबारी भेट्रानकाे लागि खेलकाे २८ मिनेटमा क्याप्टेन अनिल गुरुङले गाेल गर्दै खाता खाेलेका थिए ।
अनिल गुरुङ, बुद्घ चेम्जाेङ, बिक्रम लिम्बू, विजय धिमाल, दिलेन लाेक्ताम लगायतले भरिएकाे उर्लाबारीका लागि दाेस्राे हाफकाे १९ अाैं मिनेटमा बुद्घ चेम्जोङले अर्काे गाेल गर्दै २-० काे अग्रता दिलाए भने २४ अाै मिनेटमा उर्लाबारी भेट्रानका लागि अनिल गुरुङले ब्यक्तीगत दोश्रो गाेल गर्न सफल भए ।
निकै दवाबमा राखेकाे बिर्तामोड भेट्रानलाई खेलकाे ३३ अाैं मिनेटमा उर्लाबारीका लागि बिक्रम लिम्बुले गाेल गर्दै ४ गाेलकाे अग्रता बनाए ।
सुनबर्षी नगरपालिका वडा नं. २ मा रहेकाे बिरेन्द्र सावर्जनीक मा. बि काे खेल मैदानमा सम्पन्न अाजकाे खेलकाे म्यान अाफ द म्याच उर्लाबारी भेट्रानका कप्तान अनिल गुरुङ घाेषित हुँदै नगद २ हजार प्राप्त गरे ।
३० बर्ष नाघेका १ नं. प्रदेशका १६ टिमकाे सहभागिता रहेकाे प्रतियाेगिताकाे विजेताले नगद २ लाख ११ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ५१ हजार रुपैयाँमा चित्त बुझाउनु पर्ने छ। प्रतियोगिता अन्तर्गत भाेलिकाे खेल बिराट एकेडेमी भेट्रान बिराटनगरका बिरुद्ध पुर्वाञ्चल भेट्रान क्लब दमक बिच हुनेछ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen