विवेक न्यौपाने
१४ बैशाख ,पथरी

पथरीकी रिना बस्नेतको शंकास्पद र रहस्यमय मृत्यु भएको आज आठौं दिन पुगिसक्दा पनि प्रहरी प्रशासनले घटनाको सत्यतथ्य छानविन गरि सार्वजनिक गर्न नसकेको भन्दै पथरी शनिश्चरे नगरका न्यायप्रेमी महिलाहरुले आज इलाका प्रहरी कार्यलय पथरी अगाडि धर्ना दिएका छन्। पथरी बहुमुखी क्याम्पसका महिला विद्यार्थी र महिला फेडेरेसनको संयुक्त आयोजनामा शनिबार महिलाहरुले ईलाका प्रहरी कार्यालय पथरीमा ज्ञापन पत्र बुझाई धर्ना दिएका हुन्।
पथरी वहुमुखी क्याम्पसका विद्यार्थी र पथरीशनिश्चरे नगर महिला फेडेरेसनले इलाका प्रहरी कार्यालय पथरीलाई पत्र बुझाएको हो । पथरीशनिश्चरे–१ म अवस्थित रत्नचौकमा भेला भएर इप्रका गएको समूहले बजारलाईन हुँदै प्रहरी कार्यालयमा पुगेर नाराबाजी पनि गरेका थिए । ‘रिना बस्नेतको मृत्युको वास्तविकता सार्वजानिक गर, दोषीलाई कडा भन्दा कडा कारवाही गर, महिला हिंसा अन्त्य गर ` लगायतको नारा लगाउदै धर्ना दिएका महिलाहरुले महिला हिंसाको अन्त्यका लागि निरन्तर संघर्ष गरिरहने बताएका छन।
कार्यक्रममा प्रदेशसभा सांसद कृष्णकुमारी राई, पथरी वहुमुखी क्याम्पसकी स्ववियु उपाध्यक्ष निता कुलुङ राई लगायतले आ–आफ्नो भनाइ राखे ।
रिनाको पोस्टमार्टम रिपोर्टबाट उनको मृत्यु हत्या नभइ दुर्घटना भएको हुन सक्ने देखिएको प्रहरीको अभिव्यक्ति सार्वजनिक भएसँगै प्रहरी प्रशासनलाई दवाव दिन सो धर्नाको आयोजना गरिएको धर्नामा सहभागिहरुले बताएका छन्। पथरी शनिश्चरेका सबै उमेर समुहका महिलाको सहभागिता रहेको धर्नामा एक वृद्दा ले यो आत्महत्या या दुर्घटना हुनै नसक्ने बताउदै मदिरा सेवन गरे पनि, पागल नै भए पनि कुनै पनि महिलाले नग्न अवस्थामा आत्महत्या नगर्ने कुरामा जोड दिइन।

प्रेमी भनिएका कमल नेपाल ( प्रहरी हिरासतमा रहेका) को श्रीमतीमाथी आम नगरबासीहरुले संका गरिरहेको अवस्थामा उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्नेमा उनिहरुले जोड दिए।
रिनाको शव गत शनिवार बिहान मर्निङ वाक गर्नेहरुले देखेर प्रहरीलाई खबर गरेका थिए। पथरीमा कस्मेटिक पसल संचालन गर्दै आएकी रिना डेरा गरि १४ बर्षिय छोरासँग पथरी मै बस्दै आएकी थिइन्। उनको शव पुर्ण नग्न अवस्थामा उनकै डेराको मुनि भेटिएको थियो।
घटनाको प्रकृति हेर्दा हत्या भएको सम्पुर्ण स्थानीयको तर्क छ भने दुर्घटना या आत्महत्या हुन सक्ने पोस्टमार्टमको प्रारम्भिक अध्ययनबाट देखिएको प्रहरीको तर्क छ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen