८ वैशाख , पथरी

पथरी शनिश्चरे नगरपालिकामा पछिल्लो केही महिना यता शृङ्खलाबद्द रुपमा अपराधिक घटना भैरहेका छन। प्रायः अपराधिक घटना रहस्यमय थिए र अझै रहस्यमय नै छन्। विश्व परिवेशमा नेपाल प्रहरी उत्कृष्ट ठहरिएको समाचार यताकता पढ्न , सुन्न पाएका स्थानीय यतिखेर आएर ती समाचार कतै अप्रिल फुलको दिन पढिएको, सुनिएको त हैन? भन्ने प्रश्न गर्न बाध्य छन् । नगरको सुरक्षाको जिम्मा पाएका ३ वटा सुरक्षा निकाय छन तर नाकै मुनि भएका घटनाको वास्तविकता पत्ता लगाउन सकिरहेको छैन। जसकारण सुरक्षा निकाय प्रतिको जनताको भरोसा घट्दो क्रममा छन।
बैशाख ७ गते रिना ( रुपा) बस्नेतको निर्वस्त्र शव फेला, केही समय अघि जिरिखिम्ती परिसरमा भेटिएको रमा बरालको शव, शिरिजङ्गा वन परिसरमा दुई जनाको हत्या,  पथरी कै एक बारमा गएका एक युवाको मृत्यु जस्ता घटना पथरी शनिश्चरेका नयाँ रहस्यमय घटना हुन्।
यसरी निरन्तर घटना भैरहदा समृद्द नगर निर्माणको नारा लगाइने नगरका सि सि क्यामेराहरु मर्मतको पर्खाइमा आफ्नो अगाडि घटेको घटना देखेर पनि रेकर्ड गर्न सकिरहेका छैनन। यसको मर्मत, संभारमा ध्यान दिने जिम्मेवारी कसको?
पथरीको यलम्बर चोक दक्षिण पथरी बहुमुखी क्याम्पस र भुपु सैनिक बोर्डिङ्गको पुर्व पट्टि सरकारी जग्गामा झाडी बाक्लिएसँगै अपराधीलाई अपराध गर्न सहज वातावरण बनिरहेको त छैन? यस सोचनिय बिषयमा ध्यान कसले दिने?

सो झाडीमा रिनाको मृत्युको भोलि पल्टै भेटिएको कपडा, ताजा रगत, कपाल, लाइटर लगायतका सामाग्री फेला परेसँगै स्थानीय झनै त्रसित छन। यस्ता बिषयमा स्थानिय प्रशासन कहिले त्रसित हुने र अपराध न्यूनीकरणको अभियान थाल्ने?

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen