विराटनगर, चैत २७

प्रदेश १ सरकारले केन्द्र सरकारले तोकेकोभन्दा बाहेक थप ४ वटा बिदा दिने निर्णय गरेको छ । प्रदेश १ को मन्त्रिपरिषद् बैठकले २०७६ सालको हिन्दूहरूको पर्व जनै पूर्णिमा, उधौली पर्व, मुस्लिमहरूको पर्व इदुल फित्त (रमजान) र छठ पर्व गरी थप चारवटा विदा दिने निर्णय गरेको मन्त्रीपरिषदका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।

बैठकले वृहत्तर विराट विकास क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक –२०७५ संसदमा पेस गर्ने स्वीकृति प्रदान गरेको छ । त्येसैगरि विपत व्यवस्थापन ऐन –२०७५ केही शंसोधन गर्न स्वीकृति प्रदान गरेको छ ।

प्रदेश सरकारले विपद कोष सञ्चालन कार्यविधि –२०७५ स्विकृत प्रदान गरेको मन्त्री कार्कीले जानकारी दिए । उनले सामाजिक विकास संस्था नियमावली संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको समेत जानकारी दिए । (deshkonews.com बाट)


तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen