२८ चैत ,

सुन्दरहरैचा , मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं १२ स्थित सुकुना बहुमुखी क्याम्पसमा भएको अनेरास्ववियु र नेवी संघ दुई विधार्थी संघको झडप प्रहरी सम्म पुगेको छ ।

अनेरास्ववियुका विधार्थी नेता मिलन बस्नेत , स्ववियु सुकुना सभापती सन्तोष लिम्बू , सदस्य कमल कार्की , अनिल कार्की, उमेश सेन्चुरी , नवीन गिरि लगायत ९ जना विरुद्द नेवी संघका विधार्थी कुटेको आरोपमा उजुरी परे पछि प्रहरिेमा घटनामा संलग्न सबै विरुद्द मुद्दा दर्ता भएको छ ।

त्यस्तै आफ्नो विधार्थी नेता कार्यकर्ता कुटिदा समेत प्रहरी तथा क्याम्पस प्रशासन मौन बसेको भन्दै घटना भएको तेस्रो दिन निकालिएको नेवी संघको र्‍यालीमा स्थानिय पत्रकार निकेश बराल कुटिएपछी अहिले प्रहरिमा पत्रकार कुट्ने नेवी संघ मोरङ क्षेत्र नं ३ का सभापती र नेपाल तरुण दल मोरङका कोषाध्यक्ष अनिल रिजाललाई समेत कार्वाही गरिपाउ भन्ने निवेदन प्रहरिमा परेपछी उनिहरु समेत विरुद्द मुद्दा दर्ता भएको छ ।

20उक्त दुवै उजुरी दर्ता भए पछि प्रहरिले घटनामा संलग्न दुवै संगठनका विधार्थीहरुको खोजी कार्य तिव्र पारिएको इलाका प्रहरी कार्यलय बेलबारिका प्रहरी निरिक्षक राम कुमार राईले जानकारी दिएका छन ।

प्रहरिमा उक्त दुवै घटना दर्ता भए पश्चात् घटनामा संलग्न भएका व्यक्तिहरु एका एक भागेका छन । उनिहरुको खोजी तिव्र रुपमा अघि बढिरहेको प्रहरिले जानकारी दिएको छ ।


तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen