२७ चैत, पथरी

मोरङको पथरी शनिश्चरेमा नव बर्षको अवसरमा आयोजना हुन लागेको एक विशेष सांगीतिक कार्यक्रममा नेपाल आइडल २ बाट चर्चाको शिखरमा आएकी अस्मिता अधिकारीको विशेष सांगीतिक प्रस्तुती रहने आयोजले जनाएको छ । २०७६ साल बैशाख १ गते नेपाली भाषी भुटानी यूवाहरुको आयोजनामा हुन लागेको सो कार्यक्रममा अस्मिता अधिकारी आउने आयोजकले बताएको छ । भुटानी शरणार्थी शिविर शनिश्चरेको एक विधालयमा आयोजना हुन लागेको सो कार्यक्रममा अस्मिताको प्रस्तुतीसंगै प्रदेश १ स्तरीय नेपाली नृत्य प्रतियोगिता पनि आयोजना हुने आयोजक समितिले बताएको छ ।
प्रतियोगितामा प्रथम हुने समुहले १५ हजार १५ रुपैँया नगद सहित ट्रफि प्राप्त गर्ने छ भने दोश्रो हुने समुहले नगद १० हजार रुपैँया प्राप्त गर्ने छ । एकल तर्पm भने प्रथम पुरस्कार १० हजार रुपैँया र दोश्रो पुरस्कार ५ हजार रुपैँया नगद निर्धारण गरिएको प्रतियोगिता संयोजक करण राईले जानकारी दिए। प्रतियोगितामा निर्णायक कोरियोग्राफर गोविन्द राई , छमछमि रनर अप मनिता राई लगायत रहने आयोजकले जानकारी दियो ।
नेपाली भाषा, संस्कृति संरक्षण र सम्बद्र्धधनका निमित्त प्रतियोगिता आयोजना गरिएको संयोजक कर्ण राईले बताए। प्रतियोगितामा भाग लिन दुवै विधाका लागि क्लव वा कुनै संघसंस्थाको सिफारीस अनिवार्य रहेको आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen