” पिडक भन्छन दलित सँग माफि माग्नु भन्दा त कानुन बमोजिम सजाँय नै भोेगेर जेल वसेर आउछौं “

डम्बर सिन्चिउरी

लेटाङ २७ चैत्र


उत्तरी मोरङको लेटाङ ३ स्थित दार्जि्लिङ लाईन निवासी एक ७० वर्षिय दलित वृद्धा महिला विभा रसाईलीलाई आफ्नै छिमेकिहरुले मरणासन्न हुने गरि कुट पिट गरेका छन् ।
उक्त कुट पिट गत चैत्र २० गते बुधबार अपरान्ह अन्दाजी ५ बजे तिर भएको भए पनि हालै मात्र बाहिर आएको छ । छिमेकि छिमेकि विच भएको घटना आपसमा नै मिल्न राम्रो हुने भएकोले अहिले सम्म घटना बाहिर नल्याको । तर , जब पिडकहरुले दलित सँग आफुहरुले माफि नमाग्ने , औषधि उपचार पनि नगर्ने, बरु कानुन बमोजिमको सजाय भोग्न आफुहरु तयार भएको वताए पछि मात्र यश घटनालाई हामीले सन्चारमा ल्याएको पिडितका भाइ दिपेन्द्र ले वताए ।
छिमेकी आमा(छोरी द्वय ५० वर्षिय तारा देवि श्रेष्ठ र २७ वर्षिय रेनुका श्रेष्ठले आफ्नो नावालक नाति लाई कुटेको निहुँ मा उक्त कुटपिट गरेको हुन सक्ने प्रहरीले जनाएको छ । पिडक रेनुकालाई ,अर्का छिमेकिले नानी कुटेको भनी पोल सुनाए पछि एक्कासि आमा छोरी आएर अन्धा धुन्ध शरिरका विभिन्न ठाउमा लात्ति( मुड्किले प्रहारगरी मरणा सन्न हुनेगरी कुट पिट गरेको स्थानिय अनोज वि क ले वताए।

सो कुटपिट बाट वृद्धाको आँखा , टाउको , अनुहारका विभिन्न ठाउँहरु ,छाति , पिठ्यु ,ढाडमा निल डाम सहितको चोट देखिनुका साथै केही मात्रामा करङ समेत भाँचिएको अस्पताल सुत्रले जनाए पनि वास्तविक रिपोट भने आईनसकेको जनाईएको छ ।
पिडित को अहिले सम्म विराटनगर स्थित न्युरो अस्पताल मा उपचार भैरहेको छ । शरिरका विभिन्न ठाउँमा निकै ठुला ठुला निल डाम देखिएको ले उनलाई के भएको छ , उपचारमा कति समय लाग्ने हो यसै भन्न नसकिने ईलाका प्रहरी कार्यलय लेटाङका सहायक प्रहरी निरिक्षक दिपक कट्वालले जनाएका छन् । उनका अनुसार घटना पछि लगत्तै नियन्त्रणमा लिइएका पिडक द्वय आमा छोरीलाई पिडितको विष्तृत विवरण नआए सम्म म्याद थप गर्दै प्रहरी हिरासतमा नै राखीनेछ । त्यस पछि भने फौजदारी कानुन का दफा बमोजिमको कार्बा्हिका लागि मुद्धा अगाडि बडाउने प्र स नि कट्वालले वताए ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen