२६ चैत्र , पथरी

मोरङको पथरीशनिश्चरे १० स्थित रिगुवामा गए राति एक वृद्धामाथि आक्रमण सहित लुटपाट भएको छ । साँझ करिव ७ वजेको समयमा घरमा वृद्ध आमा छोरी मात्रै भएको मौका छोपी टाउकामा चिर्पट प्रहार गरी वृद्धामाथी लुटपाट भएको हो । चिर्पट प्रहारवाट वृद्धाको टाउकोमा चोट लाग्नुका साथै मुन्द्रा तान्दा कानमा चोट समेत लागेको छ । उनको अहिले पथरी हस्पिटलमा उपचार भइरहेको छ । टाउकोमा ७ टाँका लगाउनु परेको अस्पताल श्रोतले जानकारी दियो।
छोरा बुहारी विराटनगर नोवेल अस्पताल गएका कारण ६० वर्षिय वृद्धा शिवमाया पाण्डे घरमा उनकी वृद्ध आमाको साथमा थिइन। घरवाहिर बाट कसैले गाइ फुकेको भनी वोलाएको कारण आफु वाहिर निस्कदा पछाडीवाट कसैले आफु माथी आक्रमण गरी कानमा लगाएको ६ आना र घाटीमा लगाएको ४ आना गरी १० आना बराबरको गहना लुछेर लगेको पिडित पाण्डेले वताइन । अपराधीको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen