विवेक न्यौपाने

२४ चैत , पथरी


मोरङ्गको उर्लाबारीमा स्थापित अरनिको हस्पिटलमा क्यान्सर रोग सम्बन्धि ३ दिने नि:शुल्क स्वास्थ्य सिविरको आयोजना हुने भएको छ।  पुर्वी मोरङ्गको ६ पालिका र अरनिको हस्पिटलको सहकार्यमा स्थापित क्यान्सर सूचना केन्द्रको अगुवाईमा सो सिविर भोलि बाट ३ दिनका लागि हुने भएको हो। उक्त शिविरमा सहभागीहरुको स्क्रेनिङ गरिने र स्क्रेनिङ्ग प्रक्रियामार्फत क्यान्सर रोगको संकेत वा लक्षण नदेखिएका व्यक्तिहरुमा रोगको संभावनाको खोजी गरिने अरनिको हस्पिटलका प्रबन्ध निर्देशक चिरञ्जीवी चुडालले बताए।  शुरुवाती अवस्थामा रोग पत्ता लागे रोग निको हुने संभावना ९० प्रतिशतसम्म हुने चुडालको भनाई छ।
गत बर्ष समेत क्यान्सर सम्बन्धि निशुल्क स्वास्थ्य सिविर आयोजना गरिएको र त्यस शिविर मार्फत २२ सय जनाले चेकजाँच गराएकोमा २० जनालाई क्यान्सर रोगको लक्षण देखिएको जानकारी गराइएको छ। उक्त लक्षण देखिएका हरुलाई क्यान्सर निर्मुल पार्न उपचारमा सहजीकरण समेत गरिने क्यान्सर सुचना केन्द्रले जानकारी दियो।
चैत्र २५ , २६ र २७ गते बृहत स्वास्थ्य शिबिरको साथै उर्लाबारी, पथरीशनिश्चरे, कानेपोखरी, लेटाङ, रतुवामाई र मिक्लाजुङमा कार्यरत नर्सिङ एबं पारामेडिक्सहरुलाई क्यान्सर रोग सम्बन्धि रोकथाम र क्यान्सर रोग पहिचान तथा छनौट तालिम दिइने हस्पिटलका अध्यक्ष लोलिम पोमुले जानकारी दिए । गत बर्ष २० जनालाई दिइएको तालिम यश बर्ष भने प्रत्येक पालिकाबाट २ – २ जना र पारामेडिक्सहरु गरि ४० जनालाई सो तालिम प्रदान गरिने पोमुले बताए।
विपि कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनको प्राविधिक सहयोगमा आयोजना हुने सो  शिबिरमा पुर्वी मोरङ्गका ६ पालिका सहित झापा, मोरङ , इलाम, पाँचथर लगायतका  ३ हजार भन्दा बढीको सहभागीता रहने अनुमान गरिएको हस्पिटलका प्रबन्ध निर्देशक  चुडालले जानकारी दिए ।
शिविरको अलावा अरनिको अस्पतालले हप्ताको प्रत्येक आइतबार , मंगलबार र विहिबार महिलाको निशुल्क पाठेघरको परिक्षणको सुविधा प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen