काठमाडौं ।

resize_imageआश्चर्यजनक ढंगबाट संविधानसभा बैठकमा प्रस्ताव निर्माण समिति गठन गर्ने प्रस्ताव पारित भएको छ । बैठकमा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रस्ताव पेश गरेका थिए । प्रस्ताव समितिमा रहने सदस्यहरुको नाम पढ्दापढ्दै नेम्वाङले आँशु झारेका थिए । गला अवरुद्ध गर्दै उनले नाम पढेका थिए । उनले नाम पढिरहँदा विपक्षी गठवन्धनका सभासद्हरुले नारावाजी जारी राखेका थिए । विपक्षी गठवन्धनले पूर्व घोषणा गरे अनुसार प्रतिरोधका लागि बल प्रयोग र तोडफोड गरेन ।

नेम्वाङले राखेको प्रस्ताव ध्वनी मतले पारित भएको हो । प्रस्तावको समर्थनमा सत्तापक्षका सभासद्हरुले टेबल थपथपाएर समर्थन जनाएका थिए । त्यसपछि गला अवरुद्ध पारेका नेम्वाङले प्रस्ताव पारित भएको घोषणा गरे । प्रस्ताव समितिमा ४९ सदस्य छन् । यी सदस्य सत्ता गठवन्धका मात्र हुन् । आगामी दिनमा विपक्षी गठवन्धनका सभासद् थपिए भने समिति ७३ सदस्यी हुनेछ ।

समितिलाई पाँच दिनको समय दिइएको छ । पाँच दिनको समय दिइएको भए पनि संविधानसभा बैठक अनिश्चित कालका लागि रोकिएको अध्यक्ष नेम्वाङले घोषणा गरेका छन् । नेम्वाङले प्रस्ताव निर्माण समितिको काम र सहमति निर्माणको कामलाई एकसाथ अगाडि बढाउनु पर्ने धारणा राखेका थिए । सहमति जुन विन्दुमा पुगेर अड्किएको छ, सोही विन्दुबाट वार्ता थाल्न र सहमति गर्न नेम्वाङले दलहरुलाई आग्रह गरे । बैठक सकिएपछि विपक्षी गठवन्धनका सभासद्हरु नारावाजी गर्दै बाहिर निस्किएका थिए । उनीहरुको नारावाजी विगतको भन्दा शान्त थियो, उनीहरुको त्यस्तो चर्काे आक्रोश देखिएन । अध्यक्षले प्रस्ताव पेश गर्दा भौतिक प्रतिकारसम्म गर्ने घोषणा विपक्षी गठवन्धनले गरेको थियो । यो प्रस्ताव पारित भएसँगै मुलुकको राजनीति र संविधान लेखन नयाँ चरणमा प्रवेश गरेको छ

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen