विवेक न्यौपाने

२१ चैत्र, पथरी शनिश्चरे


नयाँ बर्ष २०७६ को अवसरमा पुर्वी मोरङ्गका संगितप्रेमी हरु युवाहरु माँझ लोकप्रिय गायक आशिष राना ‘ लाहुरे ‘ र समीर घिसिङ ‘ भिटेन ‘ को साथमा रम्न पाउने भएका छन। पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेडको आयोजनामा हुन गैरहेको लाइभ म्युजिकल कन्सर्टमा लाहुरे र भिटेन पथरी आउने भएका हुन। बैशाख ६ गते हुने कार्यक्रममा लाहुरे, भिटेनका अलावा रविन कङदङवा, उत्तम थापाको पनि प्रस्तुती रहने कार्यक्रम संयोजक अनुप योञ्जनले आज बिहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

अलाइभ फाउन्डेसन र सुनाखरी युवा क्लबको सह आयोजनामा हुने कार्यक्रमको मुख्य प्रायोजन भने ट्युबोर्ग बियरले गर्ने भएको छ।
सामाजिक कार्यमा समेत सक्रिय रहदै आएको पिस ल्याम्प इन्टरनेशनलले यश कार्यक्रमबाट संकलन भएको रकमको केही प्रतिशत नेपाल मगर संघको भवन निर्माण , तामाङ्ग घेदुङको सांस्कृतिक भवन निर्माण , लागूऔषध बिरुद्ध अलाइभ फाउन्डेसनको गतिविधि र सुनाखरी युवा क्लबको सामाजिक गतिविधि संचालनमा समेत खर्च  गरिने कार्यक्रम संयोजक योञ्जनले बताए। कार्यक्रमको आयोजना किन भन्ने संचारकर्मीको जिज्ञासामा योञ्जनले आन्तरिक पर्यटनको बिकासका साथै आयोजक संस्थाको  प्रवर्द्धन गर्नु रहेको स्पष्ट पारे।
१६ लाख रुपैयाँ खर्च अनुमान गरिएको सो कार्यक्रममा टिकटिङ पार्टनर ई सेवा रहेको आयोजकले जानकारी दिए। कार्यक्रमको टिकट ई सेवा मार्फत अनलाईन लिन सकिने र प्रत्यक्ष समेत लिन सकिने बताइएको छ। कार्यक्रममा बिद्यार्थीहरुलाई बिशेष छुट रहने समेत बताइएको छ। कार्यक्रममा युवाहरुमाँझ लोकप्रिय गायकहरुको प्रस्तुती रहने भएकोले दर्शकहरुको उपस्थिति उत्साहजनक हुनेमा आफू बिश्वस्त रहेको सह आयोजक रहेको अलाइभ फाउन्डेसनका अध्यक्ष बिपिन गुरुङ्गले बताए। पत्रकार सम्मेलनमा उपस्थित रहेका गायक रबिन कङदङवाले पथरीमा पहिलो पटक लाहुरे र भिटेनको प्रस्तुती हुने भएकोले कार्यक्रमलाई सफल बनाउन सबैमा आह्वान गरेका छन।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen