विवेक न्यौपाने
२१ चैत्र , पथरी

चैत्र १७ गते आएको अकल्पनीय हावाहुरीले प्रभावित बनेको प्रदेश २ को बारा जिल्लाको परवानिपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर टोलमा स्थलगत अनुगमन गर्दै पथरी उद्योग बाणिज्य संघले राहत सामाग्री वितरण गरेको छ। पथरी जेसिस , लायन्स क्लब अफ पथरी , लायन्स क्लब अफ पथरी योङ हार्ट, पथरीका संचारकर्मी , लेटाङ्ग नगरपालिका वडा नम्बर २,३ ६,८ र लेटाङ्गका संचारकर्मीहरु लगायतका संघ संस्थाको सक्रियतामा ३ लाख रुपैयाँ बढिको राहत सामाग्री वितरण गरिएको छ । पिडित स्थानियलाई खाद्यान्न , लत्ताकपडा सहित दैनिक उपभोग्य बस्तु वितरण गरिएको पथरी उद्योग बाणिज्य संघका अध्यक्ष दिपक बस्नेतले बताउनु भयो। सो अभियानमा शान्ति सामुदायिक बन, नव सिर्जना साकोस, मनकामना साकोस, आरती बहुउद्देश्यीय सहकारी संस्था लगायतको संघसंस्थाको पनि सक्रियता रहेको उद्योग बाणिज्य संघ पथरीका महासचिव अशोक राईले बताउनु भयो ।

५ सय ५० घरधुरी रहेको सो वडामा ५०० बढी घरहरु पुर्ण रुपमा क्षतीग्रस्त बनेका छन। चैत्र १७ गते साँझको समयमा भएको उक्त अकल्पनीय घटनामा ३ हजार जनसंख्या रहेको सो वडाका अधिकांश बासिन्दा घरबार बिहिन भए सँगै दैनिकी कष्टकर बनिरहेको छ।
कष्टकर दैनिकी बिताइरहेका स्थानिय पथरी उद्योग बाणिज्य संघको राहत सामाग्री देख्नासाथ उत्साहित देखिन्थे।

सो वडाका दलित पीडितहरुले भने राहत वितरणमा उनिहरुलाई उपेक्षा गरेको गुनासो गरेका छन। आफुहरु दलित भएकै कारण जनप्रतिनिधिहरुद्वारा राहत वितरणमा भेदभाव हुने गरेको छ( एक स्थानियले भने। उक्त आरोपको खण्डन गर्दै सोहि वडाका वडा अध्यक्ष हरि नारायण शाहले पिडितको अपेक्षा अनुरुप राहत वितरण हुन नसकेको स्विकार्दै प्राप्त राहत वितरण भने निश्पक्ष भएको जिकिर गरे।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen