पथरीशनिश्चरे, १९ चैत

मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले आफ्नो नगरमा भएका र हुने योजनाहरुको काम चुस्त दुरुस्त सम्पन्न गर्न सम्वद्ध पक्षलाई निर्देशन दोहोर्याएको छ । नगरपालिका उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको टोलीले विभिन्न योजनाहरुको अगुगमन्का क्रममा त्यस्तो निर्देशन दोहोर्याएको हो । अनुगमन् समिति संयोजक वास्तोलाले गुणस्तरीय काम गरेर नगरको विकास गर्न आम नगरवासीको दायित्व भएको हुँदा नगरवासीले पनि आआफ्नो ठाउँमा भइरहेको कामको चासो दिएर हेर्न अनुरोध गर्नुभयो । उहाँले केही ठाउँको कामको गुणस्तरीयताको परीक्षणका लागि नमूना समेत संकलन गरिएको बताउनु भयो । टोलीले, ३ र ७ को सीमानाको पुल, ९ नम्वरस्थित रिंगुवाको ड्रेन, ७ को किर्तिपुर क्षेत्रका सडक लगायतको पछिल्लो पटक अनुगमन् गरेको छ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen