विवेक न्यौपाने,
१९ चैत्र, पथरी

माउन्ट एभरेष्ट इन्टरटेन्मेन्टको आयोजनामा मोरङ्गको पथरी शनिश्चरेमा जारी पहिलो मिस पथरी शनिश्चरेको बन्द प्रशिक्षण जारी छ। मिस पथरीशनिश्चरेका प्रतियोगीलाई २५ दिने बन्द प्रशिक्षण अन्तर्गत विभिन्न जीवन उपयोगी तालिम र प्रशिक्षण प्रदान गरिरहेको कार्यक्रम संयोजक सन्तोष वान्तवाले जानकारी दिए।
पथरी शनिश्चरेका १६ सुन्दरीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा शारीरिक सुगठन , सौन्दर्य , फेसन, व्यक्तित्व बिकास, नेतृत्व बिकास, स्वास्थ्य जीवन लगायतका बिषयमा प्रशिक्षण जारी रहेको आयोजक संस्थाका निर्देशक सुमन कुरुङबाङले बताए।


प्रतियोगितामा सहभागी प्रतियोगीहरुले मंगलबार पथरी शनिश्चरे नगरपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्दै सामाजिक र सहयोगी भावनाको उदाहरण दिएका छन।
त्यस्तै मङलबार नै प्रतियोगीहरुको सहभागितामा ट्राफिक सचेतना साथै सरसफाई कार्यक्रम सम्पन्न भएको छ । “मानिस बिना वन रहन्न, वन बिना मानिस रहन्न”,“स्वच्छ वातावरण स्वास्थ्य जीवन”,“क्षमता भन्दा बढि यात्री नचढाऔँ”“बाटो काट्दा जेब्रा क्रसको प्रयोग गरौँ”,लगायतका जनचेतनामुलक प्लेकार्ड सहित नगर परिक्रमा तथा नगर सरसफाई कार्यक्रम सम्पन्न भएको हो।


नगरमा पहिलो पटक संचालन भैरहेको प्रतियोगितामा बिजेतालाई मिस पथरीशनिश्चरेको ताज सहित नगद ७५ हजार रुपैँया , एउटा म्युजिक भिडियोको कन्ट्रयाक्ट र अन्य विभिन्न उपहार रहने आयोजकले बताएको छ । त्यसैगरी द्वितीय र तृतीयलाई क्रमशः नगद ५० हजार र २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले वताएको छ ।
त्यसै गरि प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयका साथै फोटोजेनिक फेस, उत्कृष्ट व्यक्तित्व , मिस क्याटवक, बेस्ट फिगर,मिस ट्यालेन्ट, पब्लिक चोइज , बेस्ट हेयर स्टायल र बेस्ट स्माइल सहितको ८ बिधामा सहभागी गराई आठै विधामा जनही ७ हजारका दरले पुरस्कृत गरिने बताईएको छ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen