९ चैत, पथरी

पथरी शनिश्चरे ६ मा स्थापित कुटो कोदालो कृषि सहकारी संस्थाले आफ्नो स्थापनाको २ बर्षमै आजबाट एम्वुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स सेवा संचालनमा आए सँगै सस्थाले मलको डिपोको समेत शुरुवात गर्ने भएको हो। मोरङको पथरीशनिश्चरे नगरपालिकाको दक्षिणी वडा, वडा नम्वर ६ मा रहेको सो संस्थाको दोस्रो साधरण सभाको अवसरमा सस्थाले दक्षिणी भेगका जनता लाई छिटो र छरितो रुपमा स्वास्थ्य सेवा प्रदान गराउने उदेश्यका साथमा सो एम्वुलेन्स सेवा सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष राजकुमार माझीले वताए ।

साधरण सभाकै अवसरमा सस्थाले ३ जना वडाअध्यक्षहरुलाई सम्मान गरेको छ। पथरी शनिश्चरे वडा नम्वर ४ का वडा अध्यक्ष गोविन्द वहादुर भण्डारी, सुनवर्षी नगरपालिका वडा नम्वर २ का प्रताप तामाङ र धनकुटा नगरपालिका वडा नम्वर ३ का विकाश घिमिरे लाई सस्थाका अध्यक्ष माझीले सम्मान पत्रले सम्मानित गरेका हुन । सामाजिक सञ्जाललाई आधार वनाई उनिहरुको कामको मुल्याङकन गर्दै सस्थाले सो सम्मान गरेको कार्यक्रम संयोजन एल वि भण्डारीले बताएका छन। साथै सस्थाले राष्ट्रिय सहकारी वैङक का अधिकृत तथा विराटनगर शाखा प्रमुख प्रभु पोख्रेललाई देशकै उत्कृष्ठ अधिकृतको सम्मान प्रदान गरेको छ । उनका साथमा पथरीमा रहेको मोरङ जिल्लाकै उत्कृष्ठ वचत तथा ऋण सहकारी सस्था वन्न सफल लर्ड वुद्ध साकोस लाई पनि सम्मान गरेको छ ।
सस्थाले उत्कृष्ठ कारोवार गर्ने सस्थाका ४ जना सेयर सदस्य समशेर बहादुर भण्डारी,तुलसा दंगाल, अमर चन्द्रवंशी,विष्णु तामाङ र उत्कृष्ठ कर्मचारीका रुपमा टंक श्रेष्ठलाई सम्मान गरिएको कार्यक्रम संयोजक एल वि भण्डारीले वताए ।
सस्थाले आफ्नो कार्यकालको दोस्रो साधरण सभा सम्पन्न गर्ने क्रममा आर्थिक वर्ष २०७४÷७५ को वार्षीक कार्य प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेको छ जसमा सस्थाले आर्थिक गत वर्ष ५८ हजार ९ सय ६० शुद्ध नाफा कमाएको थियो भने यस वर्ष ४७ हजार ५ सय २० शुद्ध नाफा कमाएको वार्षीक प्रगति प्रतिवेदन सस्थाका सचिव मोहन श्रेष्ठले प्रस्तुत गरेका थिए ।
२०७३ सालमा स्थापना भएको सो सस्थामा हाल ३०० जना शेयर सदस्य रहेका छन् भने आगामी दिनमा सो सङख्यालाई वढाएर ५०० पुर्याउने लक्ष्य सस्थाले लिएको छ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen